default_image

2 years ago

October 15, 2022

सचिनका छोरा अर्जुनको सानदार बलिङ

183 views

0 Bookmark

एजेन्सी – भारतीय पूर्व कप्तान सचिन तेन्दुलकरका छोरा अर्जुनले शैद मुश्ताक अली ट्रफीमा गोवाबाट हैदराबादविरुद्ध सानदार बलिङ प्रदर्शन गरेका छन् । बायाँ हाते तीव्र गतिका बलर अर्जुनले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर ४ विकेट लिएका हुन् ।

अर्जुनको यो टि२० करिअरको उच्च प्रदर्शन हो । यसअघि घरेलु क्रिकेट मुम्बईबाट खेलेपनि त्यहाँ पर्याप्त अवसर नपाउँदा अर्जुनले यस सिजनदेखि गोवाबाट खेल्ने निर्णय लिएका हुन् ।

सवाई मानसिंह स्टेडियम, जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । तिलक बर्माले ४६ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६२ रन बनाए । अर्जुन बाहेक अन्यले राम्रो बलिङ गर्न सकेनन् ।

जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको गोवा १८.५ ओभरमा १ सय ४० रनमा अल आउट भयो । आदित्य कौशिकले २२ बलमा ४ छक्कासहित ३३ रन बनाए । हैदराबादका रवि तेजाले ३.५ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । अर्जुन २ रनमा आउट भए । अर्जुन आक्रामक ब्याटिङको क्षमता पनि राख्छन् ।

अर्जुन इन्डियन प्रिमियर लिग (आइपिएल) मा पछिल्ला दुई सिजनमा मुम्बई इन्डियन्समा रहेपनि डेब्यूको अवसर पाएका छैनन् । भारतले अर्जुनलाई नेट बलरको रुपमा पनि प्रयोग गर्दै आएको छ । शुक्रबार यसै प्रतियोगितामा मुम्बईका कप्तान पृथ्वी शाले आसमविरुद्ध ६१ बलमा १३ चौका र ९ छक्कासहित १ सय ३४ रनको शतकीय इनिङ खेलेका थिए ।

भारतका ३८ जिल्लाबीच प्रतिस्पर्धा हुने यस प्रतियोगिताको प्रदर्शनबाट आइपिएल देखि भारतीय टोलीमा खेलाडी छनोट हुने गर्दछ । आइपिएलमा यो प्रतियोगिता प्रदर्शनलाई नै फ्रेन्चाइज टोली आधार बन्ने गर्दछन् । बिसिसिआईले आइपिएपछि आयोजना गर्ने दोस्रो ठूलो टि२० प्रतियोगिता हो । एकदिवसिय लिष्ट ए मान्यता प्रतियोगिता विजय हजारे र प्रथम श्रेणी मान्यता प्राप्त खेलमा रणजी ट्रफी हुने गर्दछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.