default_image

2 years ago

October 15, 2022

नेरीको उत्कृष्ट प्रदर्शनमा एपिएफ सेमिफाइनलमा

156 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – अनुभवी अलराउन्डर नेरी थापाको उत्कृष्ट प्रदर्शनमा नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । एपिएफले मधेश प्रदेशलाई २७ रनले हराउँदै लगातार तेस्रो जितका साथ सेमिफाइनलमा स्थान पक्का गराएको हो ।

जितको लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको मधेश प्रदेश निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनायो । मधेशको लागि कप्तान सरस्वती कुमारी चौधरीले १५ बलमा १ चौकासहित सर्वाधिक १३ रन बनाइन् । त्यस्तै ओपनर अनुराधा चौधरीले १६ बलमा २ चौकासहित ११ रन जोडिन् ।

स्पिनर नेरीले मधेशकी प्रमुख ब्याटर साना प्रविनलाई दोस्रो ओभरमा ५ रनमा आउट गर्दै मधेशलाई दबाबमा राखेकी थिइन् । नेरीकै बलमा अनुराधा ममता चौधरीबाट क्याच भइन् । नेरीको आठौं ओभरको चौथो बलमा कभरमा सट खेल्न खोजेपनि गोमा आले प्वाइन्टमा रेखा रावलबाट शून्यमा क्याच भएसँगै मधेशको जितको सम्भावना टाढिएको थियो ।

एलिसा यादव ५, शान्ति चौधरी ७ र पुष्पा फुँयाल ५ रनमा आउट भइन् । कविता गौतम २४ बलमा १ चौकासहित १३ रनमा अविजित रहिन् । शन्तोषी चौधरी ५ रनमा अविजित रहिन् ।

नेपाल एपिएफ क्लबकी नेरी थापाले ४ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिइन् । सुमन विष्ट, इन्दु बर्मा, सुष्मा श्रेष्ठ र सरिता मगरले एक एक विकेट लिइन् ।

त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल एपिएफ क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७ रन बनाएको थियो । एपिएफको लागि सातौं नम्बरकी ममता चौधरीले २३ बलमा १७ रन बनाइन् । राजमति ऐरीले सर्वाधिक १६ रन बनाइन् ।

ज्योति पाण्डेले १३ बलमा २ चौकासहित सर्वाधिक १५ रन बनाइन् । एपिएफको लागि ज्योतिले दुई, राजमति र सीता रानामगरले एक एक चौका प्रहार गरे । अन्य खेलाडीले बाउन्ड्री प्रहार गर्न सकेनन् । मधेशको लागि माछापुच्छ्रे एन्डबाट सरस्वतीले लगातार उत्कृष्ट बलिङ गर्दै दबाबमा राखिन् ।

एपिएफले आजको खेलमा ओपनिङ जोडी परिवर्तन गर्दै इन्दु बर्मा र राजमती ऐरीलाई पठाएको थियो । नियमित ओपनर ज्योतिलाई भने आठौं नम्बरमा खेलाएको थियो । सरस्वतीको चौथो ओभरको दोस्रो बलमा इन्दु एज लागेर विकेटकिपर एलिसा यादवबाट ६ रनमा क्याच भइन् । यसै ओभरको पाँचौं बलमा सरिता मगर शून्यमा एलिसाबाट क्याभ भइन् । सरिता पनि सट बलमा एज लागेर क्याच हुन पुगेकी थिइन् ।

आठौं ओभरको पाँचौं बलमा स्पिनर शान्ति चौधरीले ओपनर राजमतीलाई १६ रनमा बोल्ड गरिन् । ऐरीले २३ बलमा १ चौका प्रहार गरिन् । शान्तिले नै कप्तान सरिता मगरलाई ८ रनमा बोल्ड गरेपछि एपिएफ ४५–४ को अवस्थामा थियो । लगत्तै ११ औं ओभरको तेस्रो बलमा रोमा थापा ८ रनमा क्याच भइन् । रोमा पनि १८ बल खेल्दै एलिसाबाटै क्याभ भइन् ।

सरस्वतीले नेरी थापालाई १२ रनमा बोल्ड गरेपछि १५.२ ओभरमा ७१–६ को अवस्थामा पुगेको थियो । मधेशकी सरस्वती कुमारी चौधरीले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर ३ विकेट लिइन् । शान्ति चौधरीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिइन् । कप्तान कविता गौतमले ४ ओभरमा रन खर्चे २ विकेट लिइन् ।

अंक तालिका

नेपाल एपिएफ क्लब ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । एपिएफले अन्तिम खेल आइतबार सुदूरपश्चिमसँग खेल्नेछ । मधेश ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । मधेशले आइतबार बागमतीसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुग्नेछ । पराजित भएमा बागमती र सुदूरको नतिजामा भरपर्नेछ ।

बागमती २ खेलमा १ मा जित र १ मा हारसहित २ अंक जोड्दै तेस्रो स्थानमा छ । आजनै बागमतीले गण्डकीसँग खेल्नेछ । आइतवार मधेश प्रदेशसँग खेल्नेछ । दुबै खेलमा विजयी हुँदा सेमिफाइनलमा पुग्नेछ । सुदूरपश्चिम ३ खेलमा १ मा जित र २ मा हारका साथ चौथो स्थानमा छ । गण्डकी भने तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह बी बाट नेपाल पुलिस क्लब विजेता र लुम्बिनी उपविजेता हुँदै बाहिरियो । समूह बी मा नेपाल पुलिस क्लब ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । लुम्बनी ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाड्दै ३ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । प्रदेश १ ले ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै ३ अंक भएपनि नेटरनरेटको कारण बाहिरियो ।

लुम्बिनीको नेटरनरेट ०।१७५ र प्रदेश १ को माइनस १.१७५० छ । प्रदेश १ र लुम्बिनीबीचको खेल वर्षाको कारण रद्द भएको थियो । जारी प्रतियोगितामा रद्द हुने यो मात्र एक खेल हो । कर्णाली तीनै खेलमा पराजित हुँदै बाहिरियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.