default_image

2 years ago

October 16, 2022

टि२० विश्वकप जित्ने ६ देश र कप्तानहरु

52 views

0 Bookmark

एजेन्सी – टि२० विश्वकप २०२२ आइतबारदेखि अष्ट्रेलिया सुरु हुँदैछ । सबै टोली तयारी सकाएर अष्ट्रेलिया पुगेका छन् । टि२० विश्वकपमा हालसम्म ७ संस्करण सकिँदा ६ टोली च्याम्पियन बनेका छन् ।

वेस्टइन्डिज दुई पटक विश्वकप जित्ने एकमात्र टोली हो । लगातार दोस्रो वर्ष टि२० विश्वकप आयोजना हुन लागेको यो सन् २००९ र २०१० पछि पहिलो पटक भएको थियो । २०१६ को विश्वकपपछि पाँच वर्षपछि गतवर्ष टि२० विश्वकप भएको थियो ।

आइसिसीले त्यो संस्करण देखि टि२० विश्वकप चार वर्षमा गर्ने भनेको थियो । तर उक्त निर्णय परिवर्तन गर्ने भन्दै दुई आइसिसीले च्याम्पियन्स ट्रफीको स्थानमा विश्वकप आयोजना गरेको थियो । टि२० विश्वकप २०२० मा अष्ट्रेलियामा हुने भनिएपनि कोरोनाको कारण २०२२ लाई सारिएको थियो ।

२०२२ मा आयोजना हुनुपर्ने विश्वकप भारतले गतवर्ष युएईमा गरेको थियो । टि२० विश्वकप जित्ने ६ टोली र कप्तान यस प्रकार छन् ।

भारत– महेन्द्रसिंह धोनी (२००७)

२००७ मा पहिलो पटक आयोजना भएको विश्वकप भारतले महेन्द्रसिंह धोनीको कप्तानीमा जितेको थियो । दक्षिण अफ्रिकामा भएको उक्त विश्वकपमा भारतले फाइनलमा पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो ।

समूह चरणमा भारतले पाकिस्तानलाई बल आउटमा ३–० ले हराएको थियो । भारतले विश्वकप जित्दा धोनीको कप्तानीमा गौतम गम्भीर, युसुफ पठान, रोविन उथप्पा, युभराज सिंह, रोहित शर्मा, इफरान पठान र हरभजन सिंह जस्ता खेलाडी थिए ।

पाकिस्तान–युनिस खान (२००९)

इंग्ल्यान्डमा आयोजना भएको २००९ को दोस्रो संस्करणको फाइनलमा पाकिस्तानले श्रीलंकालाई ८ विकेटले हराउँदै विश्वकप उपाधि जितेको थियो ।

पाकिस्तानले उपाधि जित्दा युनिस खान कप्तान थिए । युनिससँगै शाहिद अफ्रिदी, शोएब मलिक, अब्दुल रजाक, मिस्बाउल हक, उमर गुल र मोहम्मद आमिर जस्ता खेलाडी थिए ।

उता श्रीलंकामा त्यो समय कुमार संगकारा, महेला जयवर्धने, सनाथ जयसूर्या, तिलकरत्ने दिलशान, लासिथ मलिङ्गा र अजान्था मेन्डिस जस्ता खेलाडी थिए ।

इंग्ल्यान्ड–केभिन पिटरसन (२०१०)

वेस्टइन्डिजमा आयोजना भएको तेस्रो संस्करणको टि२० विश्वकप इंग्ल्यान्डले जितेको थियो । इंग्ल्यान्डले फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो । त्यो समय इंग्ल्यान्डको कप्तानी केभिन पिटरसनले गरेका थिए । पिटरसनसँगै ल्यूक वूड, ओईन मोर्गन, स्टुअर्ट बोर्ड जस्ता खेलाडी टोलीमा थिए ।

वेस्टइन्डिज–ड्यारेन शामी (२०१२ र २०१६)

वेस्टइन्डिज टि२० विश्वकप दुई पटक जित्ने एकमात्र टोली हो । वेस्टइन्डिजले २०१२ मा श्रीलंकामा भएको प्रतियोगिता फाइनलमा घरेलु टोलीलाई ३६ रनले हराउँदै उपाधि जितेको थियो ।

त्यो समय विश्वकप जित्दाका क्रिस गेल, ड्यारेन शामी, काइरन पोलार्ड, सुनिल नारायण र मार्नोल सामुएल लगायतका खेलाडी २०१६ मा जित्दा सदस्य पनि हुन् ।

२०१६ मा भारतमा भएको विश्वकपमा ड्यारेन शामीले नै वेस्टइन्डिजको कप्तानी गरेका थिए । २०१६ को फाइनलमा वेस्टइन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले हराउँदै दोस्रो पटक विश्वकप उपाधि जितेको थियो ।

अन्तिम ओभरमा १९ रन चाहिँदा कार्लोस व्रेथवेटले बेन स्टोक्सलाई लगातार चार छक्का हान्दै अविश्वसनिय उपाधि जिताएका थिए ।

श्रीलंका – लासिथ मलिंगा (२०१४)

२०१४ मा बंगलादेशमा भएको श्रीलंकाले फाइनलमा भारतलाई ६ विकेटले हराउँदै विश्वकप उपाधि जितेको थियो । यसअघिका दुई संस्करणमा फाइनलमा पुगेर पराजित भएपनि तेस्रो पटक भने भारतलाई हराएर च्याम्पियन बनेको थियो ।

तीव्र गतिका बलर लासिथ मलिंगाले कप्तानी गर्दा टोलीमा रंगना हेराथ, जयवर्धने, संगाकारा, तिलकरत्ने दीलशान, थिसरा परेरा जस्ता खेलाडी थिए ।

अष्ट्रेलिया– आरोन फिन्च (२०२१)

गतवर्ष युएई र ओमानमा आयोजना भएको टि२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको थियो । अष्ट्रेलियाले फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै विश्वकप उपाधि जितेको थियो ।

अष्ट्रेलियाको कप्तानी आरोन फिन्चले गरेका थिए । अष्ट्रेलियाको टोलीमा आरोन फिन्च, डेविड वार्नर, मिचेल मार्श, मिचेल स्टार्क, प्याट कमिन्स, जोश हेजलवुड, मार्कस स्टोइनिस, म्याथ्यु वेड, ग्लेन म्याक्सवेल र स्टिभ स्मिथ लगायतका खेलाडी थिए ।

अष्ट्रेलियाले गतवर्ष टि२० विश्वकप टोलीबाट एक खेलाडी मात्र परिवर्तन गरेको थियो । गतवर्ष टोलीमा रहेका स्पिनर मिचेल स्वीपसनको स्थानमा टिम डेविडलाई मौका दिएको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.