default_image

2 years ago

October 15, 2022

श्रीलंकालाई हराउँदै भारतलाई एसिया कपको उपाधि

112 views

0 Bookmark

एजेन्सी – भारतले श्रीलंकालाई ८ विकेटले हराउँदै महिला टि२० एसिया कपको उपाधि जितेको छ । फाइनलमा भारतले सहज जितका साथ सातौं पटक एसिया कपको उपाधि जितेको हो ।

सिलहट इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका २० ओभरमा ९ विकेट गुमाउँदै ६९ रन बनायो । श्रीलंकाकी सुगण्डिका कुमारीले २२ बलमा २ चौकासहित सर्वाधिक १८ रन बनाइन् । ओशादी रणसिंघेले २० बलमा १३ रन बनाइन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतकी रेनुका सिंहले ३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिइन् । स्नेहा रानाले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । राजेश्वरी गायकवाडले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् ।

जितको लागि ८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा स्मृती मन्धनाले २५ बलमा ६ चौका र ३ छक्कासहित ५१ रनमा अविजित रहे । कप्तान हरमनप्रीत कौरले ११ रन बनाइन् ।

सेमिफाइनलमा श्रीलंकाले पाकिस्तानलाई एक रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारतले सेमिफाइनलमा थाईल्यान्डलाई ७४ रनले पराजित भएको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.