default_image

2 years ago

October 15, 2022

गण्डकीलाई हराउँदै बागमती सेमिफाइनल नजिक

67 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ३० रनले हराउँदै सेमिफाइनल नजिक पुगेको छ । आइतबार मधेश प्रदेशलाई पराजित गर्न सके बागमती समूह बी बाट शीर्ष दुईमा रहँदै सेमिफाइनलमा स्थान बनाउनेछ ।

मधेशसँग पराजित हुँदा भने बाहिरिनेछ । जितको लागि ८९ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी १९.१ ओभरमा ५८ रनमा अल आउट भयो । गण्डकीको लागि ओपनर सीमना केसीले ३१ बल खेल्दै सर्वाधिक ९ रन बनाइन् । गण्डकीका कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

गण्डकीका सुजिता थापा ३, अन्जली विश्वकर्मा ६, कप्तान सृष्टी जैशी ५, शीला क्षेत्री डक, ज्योत्स्निका मरासिनी १, सृजना पौडेल र कुसुम गोदार २२ रनमा आउट भए ।

बागमतीको मध्य गतिकी बलर विपिशा शाहीले ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् । कप्तान अस्मिना कर्माचार्यले ३.१ ओभरमा २ मेडनसहित ३ रन खर्चेर २ विकेट लिइन् । सोनी पाख्रिन, कृष्मा गुरुङ, आरती बिडारी र संस्कृती फुँयालले एक एक विकेट लिए ।

त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले निर्धारित २० ओभरमा ८८ रनमा अल आउट भयो । बागमती प्रदेशको लागि सोनी पाख्रिनले ४१ बलमा २ चौकासहित सर्वाधिक २१ रन बनाइन् ।

बागमतीको सुरुवात सम्झन लायक रहेन । पहिलो ओभरमै तालमेल नमिल्दा ओपनर हेलिसा गुरुङ एक रनमा रन आउट भएकी थिइन् । अर्की ओपनर कन्चन श्रेष्ठ पनि एक रनमा रन आउट भइन् ।

१३ बल खेल्दै विन्दा कटुवाल एक चौकाका साथ कुसुम गोदारको बलमा क्याच आउट भइन् । पाँचौं ओभरको दोस्रो बलमा गण्डकीकी कप्तान सृष्टी पौडेलले बागमतीको प्रमुख ब्याटर सुमन खतिवडालाई ६ रनमा बोल्ड गरेपछि समस्यामा परेको थियो ।

सातौं ओभरमा कप्तान अस्मिना कर्माचार्य सृष्टीकै बलमा विकेटकिपर विकेकिपर ज्यात्स्निका मरासिनीबाट ४ रनमा क्याच भएपछि ६।३ ओभरमा २१–५ को अवस्थामा पुगेको थियो ।

आरती बिडारी १६ बलमा १ चौकासहित ११ रनमा आउट भइन् । छ्रैटौं विकेटका लागि सोनी र आरतीले २९ रनको साझेदारी गरेका थिए । कृष्मा गुरुङ १९ बल खेल्दै ८, विपिन शाही ८ सलिना सिलवाल र संस्कृती फुँयालले २–२ रन बनाए । गण्डकीकी कप्तान सृष्टी जैशीले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । कुसुम गोदार, शीला क्षेत्री, निरु घर्तीथापाले एक एक विकेट लिए ।

अंक तालिका

नेपाल एपिएफ क्लब ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । एपिएफले अन्तिम खेल आइतबार सुदूरपश्चिमसँग खेल्नेछ । एपिएफ सेमिफाइनलमा पुगि सकेको छ । बागमती ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक जोड्दै दोस्रो स्थानमा छ । मधेश ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।

आइतवार मधेश प्रदेश र बागमतीबीच प्रतिस्पर्धा हुनेछ । विजयी टोली सेमिफाइनलमा पुग्नेछ । सुदूरपश्चिम ३ खेलमा १ मा जित र २ मा हारका साथ चौथो स्थानमा छ । गण्डकी भने चारै खेलमा पराजित हुँदै जित विहीनका साथ बाहिरियो ।

समूह बी बाट नेपाल पुलिस क्लब विजेता र लुम्बिनी उपविजेता हुँदै बाहिरियो । समूह बी मा नेपाल पुलिस क्लब ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । लुम्बनी ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाड्दै ३ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । प्रदेश १ ले ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै ३ अंक भएपनि नेटरनरेटको कारण बाहिरियो ।

लुम्बिनीको नेटरनरेट ०.१७५ र प्रदेश १ को माइनस १.१७५० छ । प्रदेश १ र लुम्बिनीबीचको खेल वर्षाको कारण रद्द भएको थियो । जारी प्रतियोगितामा रद्द हुने यो मात्र एक खेल हो । कर्णाली तीनै खेलमा पराजित हुँदै बाहिरियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.