default_image

2 years ago

October 16, 2022

ऋतुको संयमित ब्याटिङमा एपिएफलाई प्रतिस्पर्धात्मक लक्ष्य

109 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – सर्वाधिक अनुभवी खेलाडी ऋतु कनौजियाको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबलाई ९३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ९२ रन बनायो । सुदूरको लागि ऋतुले ४६ बलमा २ चौकासहित सर्वाधिक ३५ रनमा अविजित रहिन् ।

ओपनर विन्दु रावल १८ बल खेल्दै ८ रनमा बाल्ड भइन् । उनी स्पिनर नेरी थापाको बलमा बोल्ड भइन् । दोस्रो विकेटका लागि रवि पोद्धार र ऋतुले २९ रनको साझेदारी गरेका थिए । मध्य गतिकी बलर सुष्मा श्रेष्ठको बलमा बोल्ड हुनुअघि उनले ३५ बलमा ३ चौकासहित २३ रन बनाइन् ।

स्नेहा महरा २० बलमा १ चौकासहित १८ रनमा इन्दु बर्माको बलमा बोल्ड भइन् । तेस्रो विकेटका लागि महरा र ऋतुले सर्वाधिक ४१ रनको साझेदारी गरेकी थिइन् । डली भट्ट एक रनमा अविजित रहिन् । एपिएफकी नेरी थापा, इन्दु बर्मा र सुष्मा श्रेष्ठले एक एक विकेट लिइन् ।

समूह ए बाट एपिएफ सेमिफाइनलमा पुगि सकेको छ । समूह बी बाट नेपाल पुलिस क्लब विजेता र लुम्बिनी प्रदेश उप–विजेता हुँदै सेमिफाइनलमा पुगेका छन् । आजको दोस्रो खेलमा बागमती प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । जसको विजेता समिफाइनलमा पुग्नेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.