default_image

2 years ago

October 16, 2022

कप्तान ज्ञानेन्द्र मल्लको सानदार शतक

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्लले प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिता अन्तर्गत बागमती प्रदेश छनोटमा सानदार शतक हानेका छन् ।

ज्ञानेन्द्रले काठमाडौं जिल्लाको कप्तानी गर्दै भक्तपुरलाई ५४ रनले हराउनेक्रममा शतक हानेका हुन् । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको काठमाडौंले निर्धारित ४० ओभरमा ५ विकेट गुमाउँदै २ सय २८ रन बनायो । काठमाडौंका ज्ञानेन्द्र मल्लले ९८ बलमा ६ चौका र ६ छक्कासहित १ सय १३ रनको सानदार शतकीय इनिङ खेले ।

ओपनर ईशान पाण्डे ८३ बलमा ४ चौका र १ छक्कासहित ५३ रनको योगदान दिए । रित गौतम १३, विपिन जोशी २, उत्तम थापा २७ र प्रतिश जि.सी.ले २ रन बनाए । भक्तपुरका रमाशिष महतोले तीन र विनित दासले दुई विकेट लिए ।

जितको लागि २ सय २९ रनको विजयी लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । भक्तपुरका सौरभ सहकर्मीले ८८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६० रन बनाए । काठमाडौंका अरियो पौडेल र दीपक महतोले तीन तीन विकेट लिए । प्रतिश जि.सीले एक विकेट लिए ।

दोस्रो खेलमा ललितपुरले नुवाकोटलाई १ सय १८ रनले हरायो । निर्धारित ४० ओभरमा ललितपुरले ४ विकेट गुमाउँदै २ सय ९ रन बनायो । ललितपुरका दुर्गेश थापाले सर्वाधिक ९० रनको योगदान दिए । विवेक रानामगर ५५ र आदिल खानले २४ रनको योगदान दिए । नुवाकोटका अभिराज यादवले दुई, अशोक पौडेल र दीपेश कुमारले एक एक विकेट लिए ।

जितको लागि २ सय १० रनको विजयी लक्ष्य पछ्याएको नुवाकोट २५.५ ओभरमा ९१ रनमा अल आउट भयो । नुवाकोटका योगेश भट्टले सर्वाधिक ४१ रन बनाए । अशोक पौडेल १४ र रोशन विकले ४ रन बनाए । ललितपुरका तिलक भण्डारीले तीन, योनेश थापा र हरिओम जोशीले दुई दुई विकेट लिए ।

प्रतियोगितामा समूह ए मा ललितपुर, काठमाडौं, नुवाकोट र भक्तपुर छन् । समूह बी मा चितवन, मकवानपुर र त्रिभुवन युनिभर्सिटी छन् । प्रधानमन्त्री कप भने कार्तिक १२ देखि सुरुहुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.