2 years ago
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत क्रिकेटतर्फका मुख्य प्रशिक्षक जगत टमाटाले उमेर हदबन्दीको कारण अनिवार्य अवकाश पाएका हुन् । ५८ वर्षीय टमाटा पछिल्लो एक दशक देखि राखेपमा क्रिकेटतर्फ मुख्य प्रशिक्षक थिए । राखेप अन्तर्गत क्रिकेटमा प्रशिक्षकको रुपमा उनले काम गर्न २८ वर्ष बिताए ।
आइतबार पोखरा रंगशालामा एक कार्यक्रम मार्फत अवकाश लिएका हुन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिलातर्फ क्रिकेट प्रतियोगितामा मधेश प्रदेश र बागमती प्रदेशबीचको खेलपछि उनको विदाई गरिएको थियो । विदाई कार्यक्रममा , बागमती, मधेश र पुलिस, अम्पायर, प्रशिक्षक र अम्पायरहरुको उपस्थीति थियो ।
नेपाललाई दुई पटक यू-१९ विश्वकप र २०१८ मा एकदिवसिय मान्यता दिलाएका मुख्य प्रशिक्षक टमाटाले ३० वर्षीय करिअर राखेपबाट विदा लिएका हुन् । टमाटाले सन् १९७६ सालदेखि क्रिकेट खेल्न सुरु गरेका थिए । नेपालले पहिलो पटक १९९६ मा अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गर्दा टमाटा टोलीका सदस्य थिए । त्यो भन्दा पहिला भने उनले हक्की खेलेका थिए ।
‘मेरो एउटा लामो यात्रा छ । यसको फिल्म र बुकनै बन्ला । मेरो नाम क्रिकेटले दिएको हो’, टमाटाले भने । त्यसैमा थपे, ‘सबैभन्दा महत्वपूर्ण भनेको नै ग्रास रुट हो । माथिल्लो स्तर खेलेको सिमित हो । माथिबाट पैसादेखि सबै आउछ । तर ग्रास रुटमा काम गरेनौं भने विकास हुँदैन । हामी पछि गएर सक्दैनौं ।’
टमाटा क्यानतर्फ नेपाली महिला क्रिकेट टोलीको भने मुख्य प्रशिक्षक हुन् । मुख्य प्रशिक्षकलाई भने निरन्तरता दिनेछन् । आगमी दिनमा उनले क्यान नेतृत्वमा आउने पनि इच्छा बताए ।
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा घरेलु टोलीलाई हराएको छ । मलेसियालाई शुक्रवार ७ विकेटले हराउँदै नेपालले आइसिसी यु १९ महिला विश्व कपमा पहिलो जित हासिल गरेको हो । ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान […]
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालविरुद्ध घरेलु टोली सस्तैमा समेटिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अल आउट हुदै ४५ रन मात्र जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । नेपालका […]
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब अपराजित रहँदै कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शुक्रवार भएको सुपर फोरको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । समूह ए मा रहेको एपिएफले समूह चरणमा खेलेको सबै ४ तथा सुपर फोरको […]