default_image

2 years ago

October 17, 2022

‘क्रिकेट होइन, राखेपको पदबाट बिदा भएको हुँ’

108 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को क्रिकेटतर्फको प्रमुख प्रशिक्षकबाट विदा लिएका छन् । २०५१ सालमा राखेपको क्रिकेट प्रशिक्षकबाट सुरु गरेका टमाटा पछिल्लो एक दशक मुख्य प्रशिक्षक पदमा थिए ।

टमाटाले आफूले क्रिकेटबाट नभएर राखेपबाट मात्रै विदा लिएको बताएका छन् । ‘पहिला यहिँबाट मैले खेल्न सुरु गरेको थियो । अहिले यहीँ आएर राखेपबाट बिदा भएको छु । यसले खुशी पनि भएको छु । अलिकति भावुक पनि । यो मेरो यात्रा लामो छ । सबैभन्दा बढी मलाई सहयोग परिवार, साथीभाई, क्यान र राखेपलाई धन्यावाद दिन चाहन्छु । मेरो बहिनीले पनि धेरै सहयोग गर्यो’, टमाटाले भने ।

टमाटाले उमेर हदबन्दीको कारण अनिवार्य अवकाश पाएका हुन् । ५८ वर्षीय टमाटा पछिल्लो एक दशक देखि राखेपमा क्रिकेटतर्फ मुख्य प्रशिक्षक थिए । राखेप अन्तर्गत क्रिकेटमा प्रशिक्षकको रुपमा उनले २८ वर्ष बिताए । त्यो यात्रालाई बिदा गरेका हुन् । राखेपबाट विदा भएपनि टमाटाले अन्य प्रशिक्षकमा भने निरन्तरता दिनेछन् । उनको बिदाइमा आइतबार नवौं राष्ट्रिय खेलकुदको समूह चरणको खेलपछि बिदाइ कार्यक्रम आयोजना गरिएको थियो ।

हाल टमाटा महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हुन् । टमाटाले आगमी दिनमा क्रिकेटमै रहने बताएका छन् । उनले पछि क्यान नेतृत्वमा पनि आउने इच्छा राखेको बताए ।

आइतबार पोखरा रंगशालामा एक कार्यक्रम मार्फत अवकाश लिएका हुन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिलातर्फ क्रिकेट प्रतियोगितामा मधेश प्रदेश र बागमती प्रदेशबीचको खेलपछि उनको विदाई गरिएको थियो । विदाई कार्यक्रममा, बागमती, मधेश र पुलिसका खेलाडी, अम्पायर, प्रशिक्षक र अम्पायरहरुको उपस्थीति थियो ।

नेपाललाई दुई पटक यू–१९ विश्वकप (२०१२/२०१६) र २०१८ मा एकदिवसिय मान्यता दिलाएका मुख्य प्रशिक्षक टमाटाले ३० वर्षीय करिअर राखेपबाट विदा लिएका हुन् । टमाटाले सन् १९७६ सालदेखि क्रिकेट खेल्न सुरु गरेका थिए । नेपालले पहिलो पटक १९९६ मा अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गर्दा टमाटा टोलीका सदस्य थिए । त्यो भन्दा पहिला भने उनले हक्की खेलेका थिए ।

भिडियो यहाँ हेर्नुहोस्

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.