default_image

2 years ago

October 17, 2022

नेरीको घातक बलिङ र ज्योतिको उत्कृष्ट ब्याटिङमा एपिएफ फाइनलमा

93 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – स्पिनर नेरी थापाको घातक बलिङ र ज्योति पाण्डेको उत्कृष्ट ब्याटिङमा नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । एपिएफले पहिलो सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

जितको लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी १८.२ ओभरमा ६२ रनमा अल आउट भयो । लुम्बिनीको लागि सुस्मिता बजागाईंले २३ बलमा सर्वाधिक १२ रन बनाइन् ।

स्पिनर नेरी थापाले माछापुच्छ«े एन्डबाट बलिङ गर्दै आफ्नो पूर्व टोलीविरुद्ध घातक बलिङ गरिन् । नेरीले सातौं ओभरको पाँचौं बलमा ओपनर लक्ष्मी चौधरीलाई ५ रनमा ममता चौधरीबाट क्याच गराइन् । लक्ष्मीले १८ बल खेलकी थिइन् । मध्य गतिकी बलर इन्दु बर्माले आश्मा पुलामी मगरलाई ६ रनमा बोल्ड गरिन् ।

उनले २४ बल खेल्दै एक चौका प्रहार गरिन् । नेरीले मधु डिसीलाई ५ रनमा बोल्ड गरिन् । नेरीले जिज्ञाशा थापालाई शून्यमा क्याच गराउँदै चार विकेट पूरा गरिन् । कमला घर्तीमगर सीता रानामगरको बलमा शून्यमा बोल्ड भइन् ।

एपिएफकी नेरी थापाले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिइन् । रेखा रावलले ४ ओभरमा ९ रन खर्चेर १ विकेट लिइन् । इन्दु बर्मा, सुमन विष्ट, सुष्मा श्रेष्ठ र सीता रानामगरले एक एक विकेट लिइन् ।

त्यसअघि पोखरा रंगशालामा टस हाररेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो । एपिएफको लागि ज्योति पाण्डेले ६१ बलमा ७ चौकासहित सर्वाधिक ६९ रनमा अविजित रहिन् ।

यो प्रदर्शन यस प्रतियोगिताकै उच्च हो । यसअघि नेपाल पुलिस क्लबकी सम्झना खड्काले प्रदेश १ विरुद्ध ६० रनको इनिङ खेलिन् । एपिएफले चौथो ओभरमा कप्तान सीता रानामगरलाई ११ रनमा गुमाएका थियो । मध्य गतिकी बलर मनिषा रानाको बलमा सीता एज लागेर विकेटकिपर लक्ष्मी चौधरीबाट क्याच भइन् ।

इन्दु बर्मा ११ रनमा स्टम्पिङ आउट भइन् । ममता चौधरी २२ बल खेल्दै कृतिका मरासिनीको बलमा १६ रनमा बोल्ड हुन पुगिन् । रोमा थापा १३ बल खेल्दै १२ रनमा अविजित रहिन् । लुम्बिनी प्रदेशकी कृतिका मरासिनीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् । मनिषा रानाले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिइन् ।

दोस्रो सेमिफाइनल खेलमा आज नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । फाइनल र तेस्रो स्थानको लागि मंगलबार प्रस्तिस्पर्धा हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.