default_image

2 years ago

October 17, 2022

सानदार बलिङसँगै दक्षिण अफ्रिकाको न्युजिल्यान्डमाथि सहज जित

62 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाले सानदार बलिङ गर्दै आइसिसी विश्वकप टि२० विश्वकप अघि वार्मअप खेलमा न्युजिल्यान्डमाथि ९ विकेटको सहज जित हात पारेको छ ।

जितको लागि ९९ रनको सामान्य विजयी लक्ष्य दक्षिण अफ्रिकाले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकाका राइली रोसोउले ३२ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ५४ रनमा अविजित रहे । एडेन माक्ररम १६ रनमा अविजित रहे ।

रिजा हेन्ड्रिक्सले २४ बलमा ४ चौका र १ छक्कासहित २७ रनमा आउट भए । न्युजिल्यान्डका ईश सोधीले एक विकेट लिए ।
त्यसअघि ब्रिस्बेनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको १७.५ ओभरमा ९८ रनमा अल आउट भयो ।

न्युजिल्यान्डका मार्टिन गुप्टिलले २३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २६ रनमा आउट भए । ग्लेन फिलिप्सले १८ बलमा २ चौका र १ छक्कासहित २२ रन बनाए ।

दक्षिण अफ्रिकाको उत्कृष्ट बलिङ सामू न्युजिल्यान्डका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । युवा ब्याटर फिन एलेन ६, कप्तान केन विलियम्सन ३, मार्क च्यापम्यान ४, माइकल ब्रसवेल ११, मिचेल सान्टनार ४ र एडम मिल्नेले ९ रन बनाए ।

दक्षिण अफ्रिकाका केशव महाराजले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । वेन पार्नेल र तबरेज शाम्सीले दुई दुई विकेट लिए । त्यस्तै कागिसो रबाडा र एडेन माक्ररमले एक एक विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.