2 years ago
October 17, 2022
एजेन्सी – भारतले आइसिसी टि२० विश्वकप खेल्नुअघि वार्मअप खेलमा घरेलु टोली अष्ट्रेलियामाथि ६ रनको नाटकीय जित हात पारेको छ । जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया २० ओभरमा १ सय ८० रनमा अल आउट भयो ।
अष्ट्रेलियाले अन्तिम ९ रन जोड्न ६ विकेट गुमाएपछि नाटकीय हार बेहोरेको थियो । हर्षल पटेलले १९ औं ओभरको पहिलो बलमै कप्तान आरोन फिन्चलाई योर्करमा ७६ रनमा बोल्ड गरे । सर्वाधिक रन बनाएका फिन्चले ५४ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा टिम डेविडलाई विराट कोहलीले उत्कृष्ट रन आउट गराउँदै पेभेलिएन फर्काए । बाँकी चार बलमा हर्षलले पाँच रन मात्र खर्चिए ।
अन्तिम ६ बलमा अष्ट्रेलियालाई जितको लागि ११ रन चाहिँएको थियो । भारतले सबैलाई सरप्राइज दिँदै मोहम्मद शामीलाई बलिङमा ल्यायो । शामी त्यसअघि मैदान बाहिर थिए । यो वार्मअप खेल हुँदा भारतले आफ्नो १४ खेलाडी मध्य जो कोहीलाई प्रयोग गर्न सक्छ ।
त्यसैले भारतले अन्तिम ओभर गर्न शामीलाई बोलाएको थियो । शामीले प्याट कमिन्सलाई सुरुवाती दुई बलमा दुई दुई रन खर्चिए । शामीलाई सरप्राइज रुपमा बलिङमा ल्याएको भारतले अन्तिम चार बलमा चार विकेट लिँदै नाटकीय जित निकाल्यो ।
शामीले तेस्रो बलमा कमिन्सलाई कोहलीबाट ७ रनमा क्याच गराए । चौथो बलमा एश्टन अगर रन आउट भए । पाँचौं बलमा शामीले जोश इंग्लिसलाई एक र अन्तिम बलमा केन रिचर्ड्सनलाई शून्यमा बोल्ड गराउँदै जित दिलाए ।
अष्ट्रेलियाका मिचेल मार्श १८ बलमा ४ चौका र २ छक्कासहित ३५ रनमा आउट भए । फिन्च र मार्शले पहिलो विकेटका लागि ५.४ ओभरमा ६४ रनको साझेदारी गरेका थिए । स्टिभ स्मिथ ११ र ग्लेन म्याक्सवेल २३ रनमा आउट भए । म्याक्सवेलले १६ बलमा ४ चौका प्रहार गरे ।
भारतका मोहम्मद शामीले १ ओभरमा ४ रन खर्चेर ३ विकेट लिए । भुवनेश्वर कुमारले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए । अर्शदीपसिंह, हर्षल पटेल र युजभेन्द्र चहलले एक एक विकेट लिए ।
त्यसअघि ब्रिस्बेन क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । भारतका लोकेश राहुलले ३३ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५७ रन बनाए ।
सूर्यकुमार यादवले ३३ बलमा ६ चौका र १ छक्कासहित ५० रनमा आउट भए । कप्तान रोहित शर्मा १४ बलमा १ चौका र १ छक्कासहित १५ रनमा आउट भए । विराट कोहली १३ बलमा १ चौका र १ छक्कासहित १९ रनमा आउट भए ।
कोहली मिचेल स्टार्कको बलमा मिचेल मार्शबाट क्याच भए । हार्दिक पान्ड्या भने ५ बलमा २ रनमा आउट भए । दीनेश कार्तिक १४ बलमा १ चौका र १ छक्कासहित २० रन बनाए । अक्षर पटेल र रविचन्द्रन आश्विनले ६–६ रन बनाए ।
अष्ट्रेलियाका तीव्र गतिका बलर केन रिचर्ड्सनले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । मिचेल स्टार्क, ग्लेन म्याक्सवेल, एश्टन अगरले एक एक विकेट लिए । भारतले दोस्रो वार्मअप खेलमा बुधबार न्युजिल्यान्डसँग खेल्नेछ ।
विश्वकपमा सुपर १२ को समूह बी मा रहेको भारतले २३ अक्टोबरमा पाकिस्तानसँग खेल्दै सुरुवात गर्नेछ । अष्ट्रेलियाले विश्वकपमा २२ अक्टोबरमा न्युजिल्यान्डसँग खेल्दै सुरुवात गर्नेछ ।
February 16, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को खेल तालिका आइतवार सार्वजनिक भएको छ । साविक विजेता कोलकाता नाइट राइडर्सको घरेलु मैदानमा सिजनको पहिलो खेल हुँदैछ । मार्च २२ मा इडन गार्डेनमा कोलकाता र रोयल च्यालेन्जर्स बेंगलुरुका बीचमा पहिलो खेल हुनेछ । यसपटकको फाइनल साविक विजेता कोलकाताको घरेलु मैदानमा हुनेछ । फाइनल मे २५ मा […]
February 16, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गतको खेलमा ओमानले नामिबियालाई पराजित गरेको छ । ओमानले आइतवार नामिबियामाथि २ विकेटको जित हासिल गरेको छ । नामिबियाको विश्व कप लिग टुमा १६ खेलमा १०औं हार हो । लिग टुको सुरुवाती ५ मध्ये ४ खेल जितेको थियो । नामिबियाले पछिल्लो ५ खेलमा २ मा मात्र जित हासिल गरेको […]
February 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार आगामी १६ गतेसम्म मुख्य प्रशिक्षकका लागि आवेदन दिन सकिनेछ । क्यानले जनाए अनुसार मुख्य प्रशिक्षकका लागि कम्तिमा पनि ईसिबी वा सिए बाट लेभल ३ […]