default_image

2 years ago

October 17, 2022

दुई पटकको च्याम्पियन वेस्टइन्डिज स्कटल्यान्डसँग स्तब्ध

98 views

0 Bookmark

एजेन्सी – दुई पटकको च्याम्पियन वेस्टइन्डिज आइसिसी टि२० विश्वकपमा एसोसियट टोली स्कटल्यान्डसँग ४२ रनले पराजित भएको छ । लज्जास्पद ब्याटिङ गर्दै वेस्टइन्डिज पराजित भएको हो ।

जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १८.३ ओभरमा १ सय १८ रनमा अल आउट भयो । वेस्टइन्डिजका जेसन होल्डरले ३३ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ३८ रन बनाए ।

ओपनर काइल मेयर्स १३ बलमा ३ चौका र १ छक्कासहित २०, इभिन लुइस १३ र ब्रेन्डन किंग १७ रनमा आउट भए । कप्तान निकोलस पुरन र उपकप्तान रोभम्यान पावेल ५-५ रनमा आउट भए ।

स्कटल्यान्डका स्पिनर मार्क वाट्टले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । ब्राड ह्वाइलले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । मार्क लिस्कले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि होबार्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६० रन बनायो ।

स्कटल्यान्डका ओपनर जर्ज मुन्शेले ५३ बलमा ९ चौकासहित सर्वाधिक ६६ रनमा अविजित रहे । अर्का ओपनर माइकल जोन्स १७ बलमा ३ चौकासहित २० रनमा आउट भए ।

म्याथ्यु क्रस ३, कप्तान रिची बेरिंगटनले १६, माइकल लिस्क ४ र क्रिस ग्रेभ्सले १६ रन बनाए । वेस्टइन्डिजका अल्जारी जोशेफले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । जेसन होल्डरले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । ओडेन स्मिथले एक विकेट लिए ।

वेस्टइन्डिज २०१२ र २०१६ को टि२० विश्वकप च्याम्पियन हो । यो हारले वेस्टइन्डिजलाई सुपर १२ मा पुग्न बाँकी दुबै खेल जित्नु पर्ने हुन्छ । बुधबार जिम्बावे र शुक्रबार आयरल्यान्ड्सँग खेल्नेछ । स्कटल्यान्डले भने बुधबार आयरल्यान्ड र शुक्रबार जिम्बावेसँग खेल्नेछ ।

समूह ए मा नामिबिया २ अंकका साथ शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स २ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । युएई तेस्रो र श्रीलंका पुछारमा छ । नामिबियाले मंगलबार नेदरल्यान्ड्स र बिहीबार युएईसँग खेल्नेछ ।

श्रीलंकाले मंगलबार युएई र बिहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ । पहिलो दिन नामिबियाले श्रीलंकालाई ५५ रनले हराएको थियो । एसिया कप च्याम्पियन श्रीलंका पनि नामिबियासँग स्तब्ध भएपछि बाँकी खेल जित्नुपर्ने दबाब छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.