default_image

2 years ago

October 17, 2022

फाइनलमा पुग्न बागमतीलाई पुलिसको बलियो लक्ष्य

70 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई १ सय २४ रनको बलियो लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २३ रन बनायो । पुलिसकी ओपनर काजल श्रेष्ठले ५१ बलमा ५ चौकासहित सर्वाधिक ४६ रनमा आउट भइन् ।

अर्की ओपनर कविता कुँवर ३५ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भइन् । पहिलो विकेटका लागि कविता र काजलले १२.४ ओभरमा ७० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

कविता स्पिनर खुशी डंगोलले कवितालाई बोल्ड गर्दै पहिलो सफलता दिलाइन् । लगत्तै अर्को बलमा सम्झन खड्का रन आउट भइन् । अप्सरी बेगम ११ बल खेल्दै ६ रनमा आउट भएकी थिइन् ।

काजल सुमन खतिवडाको बलमा ठूलो सट खेल्ने धुनमा एज लागेर विकेटकिपर कन्चन श्रेष्ठबाट क्याच आउट भएपछि अर्धशतकबाट चुकेकी थिइन् ।

कविता जोशी ९ बलमा १ छक्कासहित १५ रनमा अविजित रहिन् । कप्तान रुविना क्षेत्री १४ बलमा २ चौकासहित १७ रनमा अविजित रहिन् ।

बागमतीको लागि खुशी डंगोल, सुमन खतिवडा र अश्मिना कर्माचार्यले एक एक विकेट लिइन् । विजयी टोलीले फाइनलमा स्वर्णको लागि एपिएफसँग मंगलबार प्रतिस्पर्धा हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.