default_image

2 years ago

October 17, 2022

पहिलो सहभागितामै पुलिस फाइनलमा

104 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले पहिलो सहभागितामै नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ३६ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । डेब्यू प्रतियोगिता खेलेको पुलिसले स्वर्णको लागि मंगलबार नेपाल एपिएफ क्लबसँग खेल्नेछ ।

जितको लागि १ सय २४ रनको बलियो विजयी लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ८ विकेट गुमाउँदै ८७ रन बनायो । बागमतीको लागि सुमन खतिवडाले २३ बलमा ३ चौकासहित सर्वाधिक २३ रन बनाइन् । कप्तान अश्मिना कर्माचार्यले ३५ बलमा १८ रन बनाइन् ।

एक समय बागमती ५.३ ओभरमा २३-४ को कमजोर अवस्थामा पुगेको थियो । पाँचौं विकेटका लागि अस्मिना र सुमनले ३१ रनको साझेदारी गर्दै आशा कायमै राखेका थिए । सुमन कप्तान रुविना क्षेत्रीको बलमा स्वीप खेल्ने धुनमा मिस हुँदै बोल्ड भएपछि जितको सम्भावना टाढिएको थियो ।

ओपनर अस्मिता खरेल ३, कन्चन श्रेष्ठ शून्य र अनिशा मोजाकोटी ४ रनमा आउट भइन् । विन्दा कटुवाल ५ बलमा एक चौकासहित ५ रनमा रन आउट भइन् । आरती विडारीले १५ बलमा १ चौकासहित १५, विपिशा शाहीले ४ र सोनी पाख्रिनले एक रन बनाइन् ।

पुलिसको कविता कुँवरले ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिइन् । तीव्र गतीकी बलर ईश्वरी विष्टले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् । कप्तान रुविना र संगिता राईले एक एक विकेट लिए ।

त्यसअघि पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २३ रन बनायो । पुलिसकी ओपनर काजल श्रेष्ठले ५१ बलमा ५ चौकासहित सर्वाधिक ४६ रनमा आउट भइन् ।

अर्की ओपनर कविता कुँवर ३५ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भइन् । पहिलो विकेटका लागि कविता र काजलले १२।४ ओभरमा ७० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

कविता स्पिनर खुशी डंगोलले कवितालाई बोल्ड गर्दै पहिलो सफलता दिलाइन् । लगत्तै अर्को बलमा सम्झन खड्का रन आउट भइन् । अप्सरी बेगम ११ बल खेल्दै ६ रनमा आउट भएकी थिइन् ।

काजल सुमन खतिवडाको बलमा ठूलो सट खेल्ने धुनमा एज लागेर विकेटकिपर कन्चन श्रेष्ठबाट क्याच आउट भएपछि अर्धशतकबाट चुकेकी थिइन् ।

कविता जोशी ९ बलमा १ छक्कासहित १५ रनमा अविजित रहिन् । कप्तान रुविना क्षेत्री १४ बलमा २ चौकासहित १७ रनमा अविजित रहिन् । बागमतीको लागि खुशी डंगोल, सुमन खतिवडा र अश्मिना कर्माचार्यले एक एक विकेट लिइन् ।

पुलिसले स्वर्णको लागि मंगलबार नेपाल एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । तेस्रो स्थानको लागि बागमती र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । एपिएफले पहिलो सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६७ रनले हराएको थियो ।

January 13, 2025

नेपाल अभ्यास खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – महिला यु १९ महिला टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेका दुई टोलीबिको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ। मलेसिया स्थित कोलेज ट्रएन्कु जाफार मैदानमा सोमवार १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो। सिमाना केसीले […]

January 13, 2025

नेपालले पायो मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- महिला यु १९ टि ट्वान्टी विश्व कपका सहभागी टोलीबिचको अभ्यास खेलमा नेपालले वेस्ट इन्डिजबाट जितका लागि १ सय १० रनको लक्ष्य पाएको छ। मलेसियास्थित कोलेज टुएन्कु जाफर मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९ रन बनाएको हाे। वेस्ट इन्डिजकी कप्तान समरा रमनाथले सर्वाधिक […]

January 13, 2025

दीपेन्द्र र कुशलले पहिलो खेलमा मौका पाएनन्

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय लिग(आईएल) टि ट्वान्टीको पहिलो खेलमा मौका पाएनन् । दुवै टोलीको आइतवार पहिलो खेल थियो । दीपेन्द्र र कुशलले प्लेईङ-११ मा मौका पाएनन् । कुशल आबद्ध डेजर्ट भाईपर्सले अबुधावी नाइट राइडर्सलाई पराजित गरेको थियो । डेजर्टले नाइटराईडर्सलाई ७ विकेटले पराजित गरेको थियो […]

Success

Thank you for your time.