default_image

2 years ago

October 17, 2022

टि२० विश्वकपमा राजाको उत्कृष्ट ब्याटिङ

एजेन्सी – मध्यक्रमका ब्याटर सिकन्दर राजाको उत्कृष्ट ब्याटिङमा जिम्बावेले आइसिसी टि०२० विश्वकपमा आयरल्यान्डलाई १ सय ७५ रनको बलियो लक्ष्य दिएको छ । होबार्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । जिम्बावेका सिकन्दर राजाले ४८ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८२ रनको […]

150 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर सिकन्दर राजाको उत्कृष्ट ब्याटिङमा जिम्बावेले आइसिसी टि०२० विश्वकपमा आयरल्यान्डलाई १ सय ७५ रनको बलियो लक्ष्य दिएको छ ।

होबार्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । जिम्बावेका सिकन्दर राजाले ४८ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८२ रनको योगदान दिए । अन्य ब्याटर सस्तैमा आउट भए पनि राजाले सानदार ब्याटिङका साथ बलियो योगफलमा पुर्याएका हुन् ।

ओपनर रेजिस चकभा शून्य र क्रेग इर्विन ९ रनमा आउट भए । विस्ली मेधेर्वेले १९ बलमा ४ चौकासहित २२ रन बनाए । सेन विलियम्स ११ बलमा १ छक्कासहित १२ रनमा आउट भए । मिल्टन सुब्बा १६ र रयान बर्ल एक रनमा आउट भए ।

आयरल्यान्डका तीव्र गतिका बलर जोशुवा लिटिलले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । मार्क आदिरले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । सिमी सिंहले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए ।

जिम्बावे पहिलो चरणको समूह बी मा छ । समूह बी मा स्कटल्यान्ड, आयरल्यान्ड, जिम्बावे र वेस्टइन्डिज छन् । समूह ए मा नेदरल्यान्ड्स, नामिबिया, युएई र श्रीलंका छन् । पहिलो दिन श्रीलंका नामिबियासँग ५५ रनले स्तब्ध भएको थियो । त्यस्तै दोस्रो दिन वेस्टइन्डिजलाई स्कटल्यान्डले ४२ रनले पराजित गरेको छ ।

April 20, 2024

दीपेन्द्रको ब्याटिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ […]

April 20, 2024

लुम्बिनी तेस्रो जितसहित शीर्षस्थानमा कायम

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा शनिबार लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले हराएको छ। लुम्बिनीको यो तेस्रो जित हो र ६ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले ४५ रन बनाए। जितको लागि १ सय ३९ रनको मध्यम लक्ष्य पछाएको कोशी प्रदेश १९.४ ओभरमा मात्र […]

April 20, 2024

नेपालले हङकङविरुद्ध टस जित्यो

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतार्ने भएको छ । नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल […]

Success

Thank you for your time.