default_image

3 years ago

October 17, 2022

राजाको सानदार प्रदर्शनमा टि२० विश्वकपमा जिम्बावेको विजयी सुरुवात

167 views

0 Bookmark

एजेन्सी – अलराउन्डर सिकन्दर राजको सानदार प्रदर्शनमा जिम्बावले आइसिसी टि२० विश्वकपमा आयरल्यान्डलाई ३१ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जिम्बावेले समूह बी मा हत्वपूर्ण दुई अंक जोडेको हो ।

जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । आयरल्यान्डका कर्टिस क्याम्फरले २२ बलमा १ चौकासहित सर्वाधिक २७ रन बनाए ।

ओपनर पउल स्टर्लिङ शून्य र कप्तान एन्डी बलबार्नी ३ रनमा आउट भए । ह्यारी टेक्टर १, जर्ज डोकरेल र गेराथ डेलानी २४-२४ रनमा आउट भए ।

जिम्बावेका ब्लेसिङ मुर्जाबानीले ४ ओभरमा २३ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । रिचर्ड नगर्भा र टेन्डाई चताराले दुई दुई विकेट लिए । सेन विलियम्स र सिकन्दर राजाले एक एक विकेट लिए ।

त्यसअघि होबार्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । जिम्बावेका सिकन्दर राजाले ४८ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८२ रनको योगदान दिए । अन्य ब्याटर सस्तैमा आउट भए पनि राजाले सानदार ब्याटिङका साथ बलियो योगफलमा पुर्याएका हुन् ।

ओपनर रेजिस चकभा शून्य र क्रेग इर्विन ९ रनमा आउट भए । विस्ली मेधेर्वेले १९ बलमा ४ चौकासहित २२ रन बनाए । सेन विलियम्स ११ बलमा १ छक्कासहित १२ रनमा आउट भए । मिल्टन सुब्बा १६ र रयान बर्ल एक रनमा आउट भए ।

आयरल्यान्डका तीव्र गतिका बलर जोशुवा लिटिलले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । मार्क आदिरले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । सिमी सिंहले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए ।

जिम्बावे पहिलो चरणको समूह बी मा छ । समूह बी मा स्कटल्यान्ड, आयरल्यान्ड, जिम्बावे र वेस्टइन्डिज छन् । समूह ए मा नेदरल्यान्ड्स, नामिबिया, युएई र श्रीलंका छन् । पहिलो दिन श्रीलंका नामिबियासँग ५५ रनले स्तब्ध भएको थियो ।

त्यस्तै दोस्रो दिन वेस्टइन्डिजलाई स्कटल्यान्डले ४२ रनले पराजित गरेको छ । जिम्बावेले बुधबार वेस्टइन्डिज र शुक्रबार स्कटल्यान्डसँग खल्नेछ । आयरल्यान्डले बुधबार स्कटल्यान्ड र शुक्रबार वेस्टइन्डिजसँग खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.