default_image

2 years ago

October 17, 2022

स्वर्णको लागि एपिएफ र पुलिस भिड्ने

184 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको स्वर्णको लागि नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबीच प्रतिस्पर्धा हुने भएको छ ।

सोमबार एपिएफले पहिलो सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६७ रनले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । त्यस्तै डेब्यू प्रतियोगिता खेलेको पुलिसले पहिलो सहभागीतामै दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ३६ रनले हराउँदै फाइनलमा एपिएफसँगको भेट पक्का गर्यो ।

स्वर्णको लागि मंगलबार फाइनलमा पोखरा रंगशालामा पुलिस र एपिएफबीच प्रतिस्पर्धा हुनेछ । पुलिस पहिलो प्रतियोगितामै स्वर्ण जित्न चाहन्छ । एपिएफ आफ्नो एकछत्र राजलाई निरन्तरता दिने सोचमा हुनेछ । तेस्रो स्थानको लागि बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

सिनियर खेलाडीको बाहुल्यता भएको एपिएफ र पुलिस दुबै अपराजित हुँदै फाइनलमा पुगेका हुन् । एपिएफ समूह ए को विजेता हो । समूह चरणमा एपिएफले बागमती प्रदेशलाई ४ विकेट, गण्डकीलाई ९ विकेट, मधेश प्रदेशलाई २७ रन र सुदूरपश्चिमलाई ५ विकेटले हराएको थियो ।

त्यस्तै पुलिसले कर्णालीलाई डकवर्थ लेविस पद्धतिको आधारमा ६३ रन, प्रदेश १ लाई १ सय १८ रन र लुम्बिनी प्रदेशलाई ९७ रनले हराएको थियो । पुलिसको रुविना क्षेत्री र एपिएफको सीता रानामगरले कप्तानी गर्नेछिन् ।

एपिएफमा सीता, इन्दु बर्मा, नेरी थापा, ममता चौधरी, रोमा थापा र रेखा रावल लगायता खेलाडी छन् । नेरी थापाले यस प्रतियोगितामा सानदार प्रदर्शन गरेकी छिन् ।

पुलिसमा रुविनासँगै काजल श्रेष्ठ, सबनम राई, हिरनमयी राय, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर जस्ता खेलाडी छन् । यस प्रतियोगितामा ईश्वरी विष्ट र सम्झन खड्काले राम्रो प्रदर्शन गरेकी छिन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.