default_image

2 years ago

October 18, 2022

कास्य जित्न बागमतीलाई लुम्बिनीको प्रतिस्पर्धात्मक लक्ष्य

98 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा कास्य पदकको लागि भएको खेलमा बागमती प्रदेशलाई ८८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनायो । लुम्बिनीको लागि कप्तान सरस्वती घर्तीमगरले ३६ बलमा ३ चौकासहित सर्वाधिक ३० रन बनायो । स्पिनर खुशी डंगोलको बलमा सरस्वती कट एण्ड बोल्ड भइन् ।

तीव्र गतिकी बलर सोनी पाख्रिनले दुबै ओपनर लक्ष्मी चौधरीलाई २ र आश्मा पुलामी मगरलाई ८ रनमा आउट गर्दै राम्रो सुरुवात दिलाइन् । नेपालको यू–१९ टोलीबाट खेली सकेकी आश्माले १६ बलमा १ चौका प्रहार गरिन् । त्यसपछि मध्य गतिकी बलर विपिशा शाहीले लुम्बिनीको मध्यक्रम थप धरासय बनाइन् ।

विपिशाले रन्जु श्रेष्ठलाई ५ रनमा क्याच गराइन् । उनले १४ बल खेलेकी थिइन् । विपिशाले मधु डिसीलाई ४ र सुश्मिता बजागाईंलाई ७ रनमा बोल्ड गरिन् । विपिशाले कमला घर्तीमगरलाई शून्यमा एलबीडब्लू आउट गरिन् । १८ औं ओभरमा खुशी डंगोलले तीन विकेट लिँदै विकेट मेडन राखिन् ।

अन्तिम ओभरमा सुस्मिता भुषालले एक चौकासहित कुल महत्वपूर्ण १३ रन जोडिन् । सुस्मिताले ७ बलमा १ चौकासहित १२ रनमा अविजित रहिन् । जिज्ञ्याशा थापा १९ बल खेल्दै ६ रन जोडिन् ।

विपिशा शाहीले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिइन् । सोनी पाख्रिनले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । स्पिनर खुशी डंगोलले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ३ विकेट लिइन् । स्वर्णको लागि केहि बेलमा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.