2 years ago
October 18, 2022
पोखरा (हाम्रो खेलकुद) – मध्यक्रमकी ब्याटर सुमन खतिवडाको विष्फोटक ब्याटिङमा बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिलातर्फ कास्य पदक जितेको छ ।
मंगलबार बागमतीले तेस्रो स्थानको लागि भएको खेलमा लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै कास्य जितेको हो । जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको विजयी लक्ष्य पछ्याएको बागमतीले १६.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
बागमतीको लागि सुमन खतिवडाले २१ बलमा ६ चौका र १ छक्कासहित ४१ रनको आक्रामक इनिङ खेलिन् । सुमनले सुस्मिता भुषाललाई डिपमिडविकेटमा सानदार विजयी छक्काका साथ खेल सकाइन् ।
ओपनर अस्मिता खरेल ३२ बलमा २ चौकासहित २० रनमा आउट भइन् । ओपनर हेलिसा गुरुङलाई सुस्मिता भुषालले एक रनमा बोल्ड गरिन् । कन्चन श्रेष्ठ २० बलमा १० रनमा आउट भइन् ।
अनिशा मजाकोटी २१ बलमा १ चौकासहित १० रनमा अविजित रहिन् । चौथो विकेटका अनिशा र सुमनले ४८ रनको अविजित साझेदारी गरेका थिए । लुम्बिनी प्रदेशकी कृतिका मरासिनीले ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् । सुस्मिता भुषालले एक विकेट लिइन् ।
त्यसअघि पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनाएको थियो । लुम्बिनीको लागि कप्तान सरस्वती घर्तीमगरले ३६ बलमा ३ चौकासहित सर्वाधिक ३० रन बनायो । स्पिनर खुशी डंगोलको बलमा सरस्वती कट एण्ड बोल्ड भइन् ।
तीव्र गतिकी बलर सोनी पाख्रिनले दुबै ओपनर लक्ष्मी चौधरीलाई २ र आश्मा पुलामी मगरलाई ८ रनमा आउट गर्दै राम्रो सुरुवात दिलाइन् । नेपालको यू–१९ टोलीबाट खेली सकेकी आश्माले १६ बलमा १ चौका प्रहार गरिन् । त्यसपछि मध्य गतिकी बलर विपिशा शाहीले लुम्बिनीको मध्यक्रम थप धरासय बनाइन् ।
विपिशाले रन्जु श्रेष्ठलाई ५ रनमा क्याच गराइन् । उनले १४ बल खेलेकी थिइन् । विपिशाले मधु डिसीलाई ४ र सुश्मिता बजागाईंलाई ७ रनमा बोल्ड गरिन् । विपिशाले कमला घर्तीमगरलाई शून्यमा एलबीडब्लू आउट गरिन् । १८ औं ओभरमा खुशी डंगोलले तीन विकेट लिँदै विकेट मेडन राखिन् ।
अन्तिम ओभरमा सुस्मिता भुषालले एक चौकासहित कुल महत्वपूर्ण १३ रन जोडिन् । सुस्मिताले ७ बलमा १ चौकासहित १२ रनमा अविजित रहिन् । जिज्ञ्याशा थापा १९ बल खेल्दै ६ रन जोडिन् ।
विपिशा शाहीले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिइन् । सोनी पाख्रिनले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । स्पिनर खुशी डंगोलले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ३ विकेट लिइन् । स्वर्णको लागि केहि बेलमा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
July 26, 2024
एजेन्सी – आयोजक श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]
July 26, 2024
एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो। ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]
July 26, 2024
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]