default_image

2 years ago

October 18, 2022

श्रीलंकालाई हराएको नामिबिया नेदरल्यान्ड्ससँग पराजित

134 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ मा नेदरल्यान्ड्सले नामिबियालाई ५ विकेटले हराउँदै सुपर १२ नजिक पुगेको छ । लगातार दोस्रो जितका साथ नेदरल्यान्ड्स समूह बी को शीर्ष स्थानमा छ ।

जितको लागि १ सय २२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सका विक्रमजित सिंहले ३१ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३९ रन बनाए ।

अर्का ओपनर म्याक्स ओडाउड ३५ बलमा १ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । पहिलो विकेटका लागि विक्रमजित र ओडाउडले ८.२ ओभरमा ५९ रनको साझेदारी गरेका थिए । बास डि लिडेले ३० बलमा २ चौकासहित ३० रनमा अविजित रहे ।

नामिबियाका जेजे स्मितले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । त्यसअघि भिक्टोरियामा टस जितेर पहिला ब्याटिङ थालेको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २१ रन बनायो ।

नामिबियाका जान फ्रिंलिकले ४८ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए । कप्तान गेरार्ड इरास्मसले १६, डेविड विजा ११, माइकल भान लिजेन २० र स्टेफन ब्राडले १९ रन बनाए । नेदरल्यान्ड्सका बास डि लिडेले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।

नेदरल्यान्ड्सले पहिलो खेलमा युएईलाई ३ विकेटले हराएको थियो । नेदरल्यान्ड्सले बिहीबार श्रीलंकासँग खेल्नेछ । श्रीलंकालाई हराए समूह विजेता बन्दै सुपर १२ मा पुग्नेछ । पराजित भएमा भने अन्य टोलीको नेटरनरेटमा निर्भर हुनेछ ।

यता नामिबियाले पहिलो खेलमा श्रीलंकालाई ५५ रनले हराउँदै सनसनी मच्चाएको थियो । नामिबियाले बिहीबार युएईसँग खेल्नेछ । उक्त खेलमा विशाल जित निकाल्नु पर्ने हुन्छ ।

शीर्ष दुई दुई टोली सुपर १२ मा पुग्नेछन् । सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बी को विजेता र समूह ए को उपविजेता हुनेछन् ।

अंक तालिका

समूह ए मा नेदरल्यान्ड्स २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हारसहित २ अंक जोड्दै दोस्रो स्थानमा । युएई तेस्रो र श्रीलंका पुछारमा छन् । अव युएई र श्रीलंकाबीचको खेल सुरु हुँदैछ । समूह बी मा समान दुई अंक भएपनि स्कटल्यान्ड शीर्ष र जिम्बावे दोस्रो स्थानमा छन् । आयरल्यान्ड तेस्रो र वेस्टइन्डिज पुछारमा छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.