2 years ago
October 18, 2022
पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको फाइनलमा स्वर्ण जित्न नेपाल एपिएफ क्लबलाई ९० रनको मध्यम लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८९ रन बनायो । पुलिसको लागि ओपनर काजल श्रेष्ठले ५५ बलमा १ चौकासहित सर्वाधिक २७ रन बनाइन् ।
स्पिनर नेरी थापाले ओपनर कविता कुँवरलाई ११ रनमा बोल्ड गर्दै पहिलो सफता दिलाइन् । त्यसअघिको बलमा कविताले चौका हानेकी थिइन् । कविताले १५ बल खेल्दै १ चौका हानिन् । १६ औं ओभरको पहिलो बलमा सम्झना खड्का फाइन लेगमा राजमती ऐरीबाट क्याच आउट भइन् ।
सम्झनाले २५ बलमा १ चौकासहित २१ रन बनाइन् । सम्झना सीता रानामगरको बलमा स्क्वायर लेगमा सट खेल्न खोज्दा क्याच हुन पुगेकी थिइन् । १७ औं ओभरको दोस्रो बलमा रेखा रावलले काजलको बल कट एण्ड बोल्ड गर्ने क्रममा ड्रप गरेकी थिइन् । तर कप्तान रुविनासँग तालमेल नमिल्दा काजल रन आउट बन्न पुगिन् ।
यसै ओभरको पाँचौं बलमा रुविनाको ब्यक्तिगत एक रनमा सरिता मगरले क्याच ड्रप गरेकी थिइन् । रुविना १३ बलमा १ चौकासहित ८ रनमा क्याच भइन् । कविता जोशी १० बलमा १ छक्कासहित १३ रनमा अविजित रहिन् । अप्सरी बेगम २ रन बनाइन् ।
एपिएफको नेरी थापाले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिएकी थिइन् । इन्दु बर्माले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । सीता रानामगरले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिइन् । बागमतीले लुम्बिनीलाई ७ विकेटले हराउँदै कास्य पदक जित्यो ।
February 16, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को खेल तालिका आइतवार सार्वजनिक भएको छ । साविक विजेता कोलकाता नाइट राइडर्सको घरेलु मैदानमा सिजनको पहिलो खेल हुँदैछ । मार्च २२ मा इडन गार्डेनमा कोलकाता र रोयल च्यालेन्जर्स बेंगलुरुका बीचमा पहिलो खेल हुनेछ । यसपटकको फाइनल साविक विजेता कोलकाताको घरेलु मैदानमा हुनेछ । फाइनल मे २५ मा […]
February 16, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गतको खेलमा ओमानले नामिबियालाई पराजित गरेको छ । ओमानले आइतवार नामिबियामाथि २ विकेटको जित हासिल गरेको छ । नामिबियाको विश्व कप लिग टुमा १६ खेलमा १०औं हार हो । लिग टुको सुरुवाती ५ मध्ये ४ खेल जितेको थियो । नामिबियाले पछिल्लो ५ खेलमा २ मा मात्र जित हासिल गरेको […]
February 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार आगामी १६ गतेसम्म मुख्य प्रशिक्षकका लागि आवेदन दिन सकिनेछ । क्यानले जनाए अनुसार मुख्य प्रशिक्षकका लागि कम्तिमा पनि ईसिबी वा सिए बाट लेभल ३ […]