3 years ago
October 18, 2022
एजेन्सी – युएईका युवा स्पिनर कार्तिक मयाप्पनले आइसिसी टि२० विश्वकपमा श्रीलंकाविरुद्ध ह्याट्रिक गरेका छन् । भिक्टोरियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन बनायो ।

कार्तिकले १५ औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा विकेट लिँदै ह्याट्रिक गरेका हुन् । कार्तिकले १५ औं ओभरको चौथो बलमा भानुका राजपक्षेलाई डिप कभरमा पाँच रनमा कासिफ दाउदबाट क्याच गराए ।
पाँचौं बलमा एज लागेर चरिथ असलंका विकेटकिपर वृत्य अरविन्दबाट क्याच भए । छैटौं तथा अन्तिम बलमा कप्तान दासुन शनकालाई बोल्ड गर्दै ह्याट्रिक पूरा गरे ।
२२ वर्षीय मयाप्पन युएईबाट टि२० आई क्रिकेटमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी हुन् । श्रीलंकाका ओपनर पाथुम नसिंकाले ६० बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७४ रनमा आउट भए ।
तेस्रो नम्बरका ब्याटर धनन्जय डि सिल्भाले २१ बलमा ३ चौका र १ छक्कासहित ३३ र कुशल मेन्डिसले १८ रन बनाए । अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
युएईका कार्तिक मयाप्पनले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । जहुर खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । अयान खान र अर्यान लर्काले एक एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]