3 years ago
October 19, 2022
एजेन्सी – विश्व क्रिकेटको पावर हाउस भारत अर्को वर्ष एसिया कप खेल्न पाकिस्तान नजाने भएको छ । २०२३ को एसिया कपको आयोजना अधिकार पाकिस्तानले पाएको छ । पाकिस्तानमा भारत नजाने भएपछि प्रतियोगिता हुनेमा प्रश्न उठेको छ ।

मुम्बईमा भएको बिसिसिआईको ९१ औं वार्षिक साधरण सभामा यस कुराले प्रवेश पाएको थियो । बिसिसिआईका सचिव तथा एसियन क्रिकेट काउन्सिलका अध्यक्ष जय शाहले एसिया कप फरक ठाउँमा खेल्नुपर्ने सुझाव दिएको बताएका छन् ।
‘एसिया कप २०२३ तटस्थ स्थानमा हुनेछ । म एसिसीको अध्यक्षको हैसियतले भन्दै छु । भारत पाकिस्तान जान सक्दैन । तिहीहरु यहाँ आउन सक्दैनन् । विगतमा पनि एसिया कप तटस्थ भूमिमा खेलिएको छ’, शाहले भने ।
बिसिसिआईको अध्यक्षमा रोजर बिन्नी नियक्त भएका छन् । आइसिसीको अध्यक्ष भन्ने दौडमा रहेपछि सौरभ गांगुलीले भने छाडेका छन् । २०२३ मै भारतमा एकदिवसिय विश्वकप आयोजना हुँदैछ । तर पाकिस्तान भने भारतमा आएर खेल्ने गरेको छ ।
पाकिस्तानका केहि पूर्व खेलाडीहरुले आफूहरुपनि भारत जान नहुने बताएका छन् । २०१६ को टि२० विश्वकपमा भने पाकिस्तान भारतमा आएको थियो । यी दुई आन्तरिक राजनीतिको कारण होम अवे कुनैपनि सिरिज खेल्दैनन् । विश्वकप र एसिया कपमा मात्रै प्रतिस्पर्धा गर्ने गर्दछन् । पछिल्लो समय बाबर आजमको कप्तानीमा पाकिस्तान धेरै फेरिएको छ ।

गत वर्ष टि२० विश्वकपमा पाकिस्तानले भारतमाथि १० विकेटको सानदार जित हात पारेको थियो । गत एसिया कपको सुपर फोरमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित हुँदै बाहिरिनु परेको थियो । समूह चरणमा भने भारत पाँच विकेटले विजयी भएको थियो ।
आइसिसी टि२० विश्वपमा आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । मेलबोर्न क्रिकेट ग्राउन्डमा आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा विश्वमै सर्वाधिक महत्वका साथ हेरिने छ । यस दुई खेलको टोलीको विजेता सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]