default_image

2 years ago

October 19, 2022

गैर जिम्मेवारले ठूलो समस्यामा दुई पटकको च्याम्पियन वेस्टइन्डिज

137 views

0 Bookmark

एजेन्सी – दुई पटकको च्याम्पियन वेस्टइन्डिज आइसिसी टि२० विश्वकप २०२२ मा समूह चरणबाटै बाहिरिने खतरामा छ । वेस्टइन्डिजले दोस्रो खेलमा आज दिउँसो जिम्बावेसँग खेल्दैछ ।

जिम्बावे र वेस्टइन्डिजबीचको खेल दिउँसो १ : ४५ मा होबार्टमा सुरु हुनेछ । वेस्टइन्डिज पहिलो खेलमा स्कटल्यान्डसँग ४२ रनले पराजित भएको थियो । उक्त हारले वेस्टइन्डिज सुपर १२ मा पुग्न बाँकी दुबै खेल जित्नुपर्छ । वेस्टइन्डिजले शुक्रबार आयरल्यान्डसँग खेल्नेछ । जिम्बावे यस खेलमा विजयी हुँदा सुपर १२ को सम्भावना मजबुत बन्नेछ ।

वेस्टइन्डिजको लागि गैर जिम्मेवार ब्याटिङ प्रमुख समस्या हो । टि२० क्रिकेटका विश्व स्टार ब्याटर भएपनि प्रदर्शन लगातार खराब रहँदै आएको छ । एसोसियट टोली स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १ सय १८ रनमा अल आउट भयो ।

स्कटल्यान्डविरुद्ध एविन लेविस, निकोलस पुरन, रोभम्यान पावेल, जेसन होल्डर, ब्रेन्डन किंग र काइल मेयर्स जस्ता विश्व स्टार ब्याटर टोलीमा छन् । होल्डरले ३८ रन बनाउँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रमुख दुई विष्फोटक ब्याटर पावेल ५ र पुरन ४ रनमा आउट भए ।

वेस्टइन्डिजको लागि वर्तमान समयमा गैरजिम्मेवार ठूलो समस्या हो । नाम अनुसार प्रदर्शन गर्ने हो भने वेस्टइन्डिज उपाधिको बलियो दाबेदार हो । बलरमा अल्जारी जोशेफ, ओबेद म्याककोय र शेल्डन कटरेल छन् । स्पिनर अकिल हुसैन, ओडेन स्मिथ र अल्जारी जोशेफ पनि त्यतिनै विष्फोटक ब्याटिङको क्षमता राख्छन् ।

म्याककोय बाहेक अन्य सबै खेलाडी ब्याटिङमा खेल जिताउन सक्ने खुबी छ । १० नम्बर सम्म ब्याटिङ भएको वेस्टइन्डिजको ठूलो समस्या नै गैर जिम्मेवार हो । बाँकी दुई खेलमा त्यसलाई सुधार गर्नुपर्छ । वेस्टइन्डिजले आफ्नो क्षमता अनुसार खेल्दा भने कुनै कठिन देखिदैन । आजको खेलमा वेस्टइन्डिजले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ ।

यता जिम्बावेले पहिलो खेलमा आयरल्यान्डलाई ३१ रनले हराएको थियो । सिकन्दर राजाले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै ४८ बलमा ५ छक्का र ५ चौकासहित ८२ रनको इनिङ खेलेका थिए । राजाको लय रोक्न नै वेस्टइन्डिजका बलरलाई चुनौती हुनेछ । रयान बर्लले पनि सानदार प्रदर्शन गर्दै आएका छन् । उनी फिनिसर हुन् । मध्यक्रमका ब्याटर वेस्ली मेधर्वे भरपर्दा ब्याटर हुन् ।

तीव्र गतिका बलर ब्लेसिङ मुर्जाबानी बलिङका प्रमुख हतियार हुन् । आजको पहिलो खेलमा स्कटल्यान्ड र आयरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल विहान ९ : ४५ मा सुरु हुनेछ ।

आयरल्यान्डलाई यो खेल जित्नै पर्ने दबाब छ । वेस्टइन्डिजलाई स्तब्ध पारेको स्कटल्यान्ड यस खेलमा विजयी हुँदा सुपर १२ को सम्भावना उच्च हुन्छ ।

शीर्ष दुई दुई टोली सुपर १२ मा पुग्नेछन् । सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बी को विजेता र समूह ए को उपविजेता हुनेछन् ।

अंक तालिका

समूह ए मा नेदरल्यान्ड्स २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित २ अंक जोड्दै दोस्रो स्थानमा छ । नामिबियाको नेटरनरेट प्लस १.२७७ छ ।

श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । श्रीलंकाको नेटरनरेट प्लस ०.६०० छ । युएई पुछारमा छ ।

समूह बी मा स्कटल्यान्ड १ खेलमा १ मा जित र १ मा हार सहित शीर्ष स्थानमा छ । जिम्बावे १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्डको नेटरनरेट प्लस २.१०० छ । जिम्बावेको प्लस १. ५५० छ । आयरल्यान्ड र वेस्टइन्डिज पुछारमा छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.