9 years ago
December 24, 2016
बिराटनगर -( हाम्रो खेलकुद ) – पुर्वान्चलमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा विभागीय टोलिहरु त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले जित हासिल गरेको छ ।
बिराटनगरस्थित बैजनाथपुर खेल मैदानमा भएको पहिलो खेलमा आर्मीले सुदूर पश्चिमाञ्चल विकास क्षेत्रलाई ८७ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धा्रित २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । आर्मीका लागि नरेश बुढायरले अविजित ८१ तथा सागर पुनले ४४ रन बनाए ।
आर्मीले दिएको २ सय १० रनको बिजय लक्ष्य पछ्याएको सुदूर पश्चिमाञ्चलले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो । उसका लागि रोशन नेपाली ५० तथा दिपक मल्लले २२ रन बनाए ।
त्यस्तै बैजनाथपुर खेल मैदानमा भएको दोस्रो खेलमा नेपाल पुलिसले मध्यमाञ्चल विकास क्षेत्रलाई १७ रनले पराजित गर्यो । नेपाल पुलिस क्लबले प्रस्तुत गरेको १ सय ४७ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चलले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो । मध्यमाञ्चलका लागि लाल अधिकारीले २७ रन जोडे । पुलिसका ललित भण्डारीले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । पुलिसका लागि मन्जित श्रेष्ठले ४९ तथा दिपेन्द्र एरिले २८ रन बनाए । जितसंगै पुलिसले समुह बि मा २ अंक जोडेको छ
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]