default_image

2 years ago

October 19, 2022

जोशेफको उत्कृष्ट बलिङमा वेस्टइन्डिजको सानदार जित

78 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर अल्जारी जोशेफको उत्कृष्ट बलिङमा वेस्टइन्डिजले आइसिसी टि२० विश्वकपमा जिम्बावेमाथि ३१ रनको सानदार जित हात पारेको छ । यो जितसँगै पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको वेस्टइन्डिले सुपर १२ को सम्भावना कायमै राखेको छ ।

जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावे १८.२ ओभरमा १ सय २२ रनमा अल आउट भयो । जिम्बावेका ल्यूक जोंगवेले २२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाए । ओपनर वेस्ली मेधर्वेले १९ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा आउट भए ।

रेजिस चकभा १३, सेन विलिम्स १ र सिकन्दर राजा १४ रनमा आउट भए । रयान बर्ल १७ र मिल्टन शुम्बा २ रनमा आउट भए । वेस्टइन्डिजका अल्जारी जोशेफले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए ।

जेसन होल्डरले ३.२ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । ओडेन स्मिथ, ओबेद म्याककोय र अकिल हुसैनले एक एक विकेट लिए ।

त्यसअघि होबार्टमा टस जितेर पहिला ब्याटिङ थालेको वेस्टइन्डिज २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५३ रन बनायो । वेस्टइन्डिजका जोहनसन चाल्र्सले ३६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४५ रनमा आउट भए ।

रोभम्यान पावेलले २१ बलमा १ चौका र २ छक्कासहित २८ रनमा आउट भए । अकिल हुसैन २३, काइल मेयर्स १३, इविन लेविस १५, निकोलस पुरन ७ र जेसन होल्डर ४ रनमा आउट भए । एक समय ९.५ ओभरमा ७७–२ को अवस्थामा भएपनि मध्यक्रमका ब्याटर नचल्दा १०१–६ को दयनीय अवस्थामा पुगेको थियो ।

जिम्बावेका सिकन्दर राजाले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । ब्लेसिङ मुर्जाबानीले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए जिम्बावेले पहिलो खेलमा आयरल्यान्डलाई ३१ रनले हराएको थियो ।

वेस्टइन्डिज नामिबियासँग ५५ रनले पराजित भएको थियो । जिम्बावेले अन्तिम खेल शुक्रबार नामिबियासँग खेल्नेछ । सुपर १२ मा पुग्न उक्त खेल जित्नुपर्ने हुन्छ । वेस्टइन्डिजले शुक्रबार नै आयरल्यान्डसँग खेल्नेछ । सुपर १२ मा पुग्न आयरल्यान्डलाई हराउनु पर्ने हुन्छ ।

अंक तालिका

समूह ए मा नेदरल्यान्ड्स २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित २ अंक जोड्दै दोस्रो स्थानमा छ । श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । युएई पुछारमा छ ।

समूह बी मा स्कटल्यान्ड १ खेलमा १ मा जित र १ मा हार सहित शीर्ष स्थानमा छ । जिम्बावे १ खेलमा २ अंक सहित दोस्रो स्थानमा छ । वेस्टइन्डिज २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । आयरल्यान्ड २ खेलमा १ मा जित र १ मा हार सहित पुछारमा छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.