default_image

2 years ago

October 19, 2022

टोप्लीले पनि टि२० विश्वकप गुमाउने

एजेन्सी – इंग्ल्यान्डका तीव्र गतिका बलर रिस टोप्लीले पनि टि२० विश्वकप गुमाउने भएका छन् । अष्ट्रेलियामा जारी टि२० विश्वकपमा इंग्ल्यान्डका टोप्ली उनको बायाँ खट्टाको लिगामेन्टमा चोटका कारण बाहिरिनु परेको इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको हो । विश्वकपको प्रमुख दाबेदार इंग्ल्यान्डलाई ठूलो धक्का लागेको छ । चोटका कारण विश्वकप गुमाउने उनी जोनी बेयरस्टो र जेसन रोयपछिका तेस्रो […]

169 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका तीव्र गतिका बलर रिस टोप्लीले पनि टि२० विश्वकप गुमाउने भएका छन् । अष्ट्रेलियामा जारी टि२० विश्वकपमा इंग्ल्यान्डका टोप्ली उनको बायाँ खट्टाको लिगामेन्टमा चोटका कारण बाहिरिनु परेको इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको हो । विश्वकपको प्रमुख दाबेदार इंग्ल्यान्डलाई ठूलो धक्का लागेको छ ।

चोटका कारण विश्वकप गुमाउने उनी जोनी बेयरस्टो र जेसन रोयपछिका तेस्रो खेलाडी हुन् । टोप्लीले पछिल्लो समय इंग्ल्यान्डबाट सानदार प्रदर्शन गरेका थिए । टोप्लीले २२ टि२० आई र २० ओडिआई खेल खेलेका छन् । टि२० आई मा २२ विकेट लिएका छन् । ओडिआईमा उनले भारतविरुद्ध जुलाईमा एकै खेलमा ६ विकेट लिएका थिए ।

टोप्लीको स्थानमा इंग्ल्यान्डले तीव्र गतिका बलर टाइमल्स मिल्सलाई टोलीमा मौका दिएको छ । इंग्ल्यान्डको तीव्र गतिको बलरमा मार्क वुड, डेविड विल्ली, क्रिस वोक्स, साम करन, डेविड विल्ली र टाइमल्स मिल्स रहनेछन् । जोफ्रा आर्चर भने चोटका कारण लामो समय देखि मैदान बाहिर छन् ।

इंग्ल्यान्डले सुपर १२ को पहिलो खेलमा शनिबार अफगानिस्तानसँग खेल्नेछ । २८ फेब्रुअरीमा अष्ट्रेलिया र नोभेम्बर १ मा न्युजिल्यान्डसँग खेल्नेछ । यी तीन खेलको नतिजाले धेरै महत्वपूर्ण राख्नेछ । इंग्ल्यान्डले पहिलो चरणबाट आउने दुई टोलीसँग पनि खेल्नेछ ।

विश्वकपमा इंग्ल्यान्ड सुपर १२ को समूह १ मा छ । इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान र पहिलो चरणबाट आउने दुई टोली हुनेछन् ।

इंग्ल्यान्डले २२ अक्टोबरमा अफगानिस्तानसँग खेल्दै सुरुवात गर्नेछ । टि२० विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । इंग्ल्यान्ड उपाधिको दाबेदार हो ।

इंग्ल्यान्डको टि२० विश्वकप खेल्ने टोली :

जस बटलर (कप्तान) मोईन अली, एलेक्स हेल्स, ह्यारी ब्रुक, साम करन, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, फिलिप साल्ट, बेन स्टोक्स, टाइमल मिल्स, डेविड विल्ली, क्रिस वोक्स र मार्क वुड ।

अंक तालिका

समूह ए मा नेदरल्यान्ड्स २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित २ अंक जोड्दै दोस्रो स्थानमा छ । श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । युएई पुछारमा छ ।

समूह बी मा स्कटल्यान्ड १ खेलमा १ मा जित र १ मा हार सहित शीर्ष स्थानमा छ । जिम्बावे १ खेलमा २ अंक सहित दोस्रो स्थानमा छ । वेस्टइन्डिज २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । आयरल्यान्ड २ खेलमा १ मा जित र १ मा हार सहित पुछारमा छ ।

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

Success

Thank you for your time.