default_image

2 years ago

October 20, 2022

लगातार दोस्रो पटक सुपर १२ खेल्ने सोचमा नामिबिया

92 views

0 Bookmark

एजेन्सी – नामिबियाले आइसिसी टि२० विश्वकप २०२२ मा समूह चरण ए को अन्तिम खेलमा आज युएइसँग निर्णायक खेल खेल्दैछ । नामिबिया र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा जिलोङमा सुरु हुनेछ ।

नामिबिया युएईलाई हराउँदै लगातार दोस्रो पटक सुपर १२ मा खेल्ने सोचमा हुनेछ । गतवर्ष डेब्यू विश्वकपमा नामिबियाले नेदरल्यान्ड्स र आयरल्यान्डलाई हराउँदै सुपर १२ मा पुगेको थियो । गत वर्ष श्रीलंकासँग ७ विकेटले पराजित भएको थियो । तर यस विश्वकपमा नामिबियाले श्रीलंकालाई ५५ रनले हराउँदै सनसनी मच्चाएको थियो । दोस्रो खेलमा भने नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित हुन पुग्यो ।

नामिबिया यस खेलमा विजयी हुँदा ४ अंक हुनेछ । उता नेदरल्यान्ड्स र श्रीलंकाबीच पहिलो खेल हुनेछ । श्रीलंका विजयी हुँदा तीनै टोलीको चार चार अंक हुन्छ । यो अवस्थामा श्रीलंका र नामिबिया सुपर १२ मा पुग्ने देखिन्छ । किनभने नेदरल्यान्ड्सको नेटरनेट प्लस ०.१४९, नामिबिया १.२७७ र श्रीलंकाको ०.६०० छ ।

गतवर्ष सुपर १२ मा नामिबिया भारत, पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानसँग पराजित भएको थियो । श्रीलंकालाई हराउन ज्यान फ्रिलिंकले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध पनि उच्च प्रदर्शन गरेपनि अन्य ब्याटर नचल्दा पराजित भएको थियो । अलराउन्डर डेविड विजा, जेजे स्मित र कप्तान जेरार्ड इरास्मसको प्रदर्शन महत्वपूर्ण हुनेछ । स्मित र विजा ठूला सटको क्षमता राख्छन् । माइकल भान लिगेन, ज्यान निकोल र स्टेफन ब्राडबाट राम्रो सुरुवात चाहन्छ ।

दुई स्पिनर बेर्नाड स्कोल्ट्ज र बेन सिकोगो नामिबियाका प्रमुख बलिङ हतियार हुन् । सुरुवाती दुबै खेलमा उत्ृकष्ट प्रदर्शन गरेका छन् । यता युएईले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको छैन ।

प्रमुख ब्याटर चिराग सुरी र वृत्य अरविन्द चल्न सकेका छैनन् । युएई सुपर १२ मा पुग्न विशाल अन्तरको जित हुनुपर्छ । अर्कोतर्फ नेदरल्यान्ड्सले पहिलो खेलमा श्रीलंकालाई पनि पराजित गर्न पर्छ । यो अवस्थामा नेटरनरेटको आधारमा पुग्न सक्ने झिनो आशा बाँकी रहन्छ ।

ओपनर मोहम्मद वासिमले राम्रो प्रदर्शन गर्दै आएका छन् । उनलाई अन्यले साथ दिनुपर्छ । युवा स्पिनर कार्तिक मयाप्पनले श्रीलंकाविरुद्ध ह्याट्रिक लिएपनि जिताउन सकेनन् । उनी नामिबियालाई घातक बन्न सक्छन् । जुनैद खान र जहुर खान प्रमुख तीव्र गतिका बलर हुन् । गतवर्ष टि२० विश्वकपमा नामिबियाले युएईलाई २१ रनले पराजित गरेको थियो ।

शीर्ष दुई दुई टोली सुपर १२ मा पुग्नेछन् । सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बी को विजेता र समूह ए को उपविजेता हुनेछन् ।

अंक तालिका

समूह ए मा नेदरल्यान्ड्स २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित २ अंक जोड्दै दोस्रो स्थानमा छ । श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । युएई पुछारमा छ ।

समूह बी मा स्कटल्यान्ड १ खेलमा १ मा जित र १ मा हार सहित शीर्ष स्थानमा छ । जिम्बावे १ खेलमा २ अंक सहित दोस्रो स्थानमा छ । वेस्टइन्डिज २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । आयरल्यान्ड २ खेलमा १ मा जित र १ मा हार सहित पुछारमा छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.