2 years ago
October 20, 2022
एजेन्सी – ओपनर कुशल मेन्डिसको उत्कृष्ट ब्याटिङमा श्रीलंकाले आइसिसी विश्वकप २०२२ मा नेदरल्यान्ड्सलाई १ सय ६३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
भिक्टोरियामा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । ओपनर कुशल मेन्डिसले ४४ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए ।
ओपनर पाथुम निसांका २१ बल खेल्दै १४ र धनन्जय डि सिल्भा शून्यमा आउट भएका थिए । चरिथ असालंका ३० बलमा ३ चौकासहित ३१ र भानुका राजपक्षे १९ रनमा आउट भए । कप्तान दासुन शनका ८ रनमा आउट भए । नेदरल्यान्ड्सका पाउल भान माक्रे र बास डि लिडेले समान दुई विकेट लिए ।
सुपर १२ मा पुग्न दुबै टोलीलाई जित आवश्यक पर्दछ । नेदरल्यान्ड्स पराजित हुँदा पनि पुग्ने समिकरण छ । त्यो भने युएई र नामिबियाको खेलमा निर्भर पर्नेछ । नेदरल्यान्ड्सले यस खेलमा हार्दा उता नामिबियाले पनि युएईसँग हार्नुपर्ने हुन्छ ।
शीर्ष दुई दुई टोली सुपर १२ मा पुग्नेछन् । सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बी को विजेता र समूह ए को उपविजेता हुनेछन् ।
अंक तालिका
समूह ए मा नेदरल्यान्ड्स २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित २ अंक जोड्दै दोस्रो स्थानमा छ । श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । युएई पुछारमा छ ।
समूह बी मा स्कटल्यान्ड १ खेलमा १ मा जित र १ मा हार सहित शीर्ष स्थानमा छ । जिम्बावे १ खेलमा २ अंक सहित दोस्रो स्थानमा छ । वेस्टइन्डिज २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । आयरल्यान्ड २ खेलमा १ मा जित र १ मा हार सहित पुछारमा छ ।
January 12, 2025
एजेन्सी – शकिब अल हसन र लिटन दासबिना बंगलादेशले च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले आइतवार नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । भारतमा सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा रहेका लिटन यस पटक टोलीमा अटाएनन् । लिटनले पछिल्ला १३ इनिङमा अर्धशतक […]
January 12, 2025
एजेन्सी – भारतकी १४ वर्षीया इरा जाधवले १ सय ५७ बलमा अविजित ३ सय ४६ रन बनाएकी छिन् । भारतमा जारी महिला यू–१९ एकदिवसीय ट्रफीमा मुम्बईबाट खेलेकी जाधवले मेघालयविरुद्ध नट आउट ३ सय ४६ रन बनाएकी हुन् । मुम्बईले मेघालयविरुद्ध ३ विकेटको क्षतिमा ५ सय ६३ रन बनाएको थियाे । जाधव ४२ चौका र १६ […]
January 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले लिग चरणको अन्तिम खेलमा आइतवार बागमती प्रदेशलाई पराजित गर्दै जय ट्रफी मेन्स एलिट कपको फाइनलमा पुगेको छ । एलिट कपको फाइनलमा पुग्ने पुलिस दोस्रो टोली बनेको छ । यसअघि आजै मधेश प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले फाइनल पुगेको थियो । लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेशविरुद्ध ५ […]