3 years ago
October 20, 2022
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को उपाधिको प्रमुख दाबेदार घरेलु टोली अष्ट्रेलियाले युवा विष्फोटक अलराउन्डर क्यामरन ग्रिनलाई टोलीमा बोलाएको छ ।

अष्ट्रेलियाले विकेटकिपर जोश इंग्लिस घाइते भएपछि उनको स्थानमा २३ वर्षीय ग्रीनलाई विश्वकपमा बोलाएको जनाकारी दिएको छ । ग्रीन विष्फोटक ब्याटिङ र तीव्र गतिको बलिङको लागि चिनिन्छन् ।
टेस्टमा सानदार प्रदर्शन गर्दै आएका उनले टि२० आई खेलमा विश्वको शक्तीशाली भारतविरुद्ध सानदार प्रदर्शन गर्दै विश्वकपमा आफ्नो दाबेदारी मजबुत बनाएका छन् ।
तीव्र गतिमा बलिङ गर्ने उनी विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । भारतविरुद्ध अघिल्लो महिना ग्रीनले २ सय ९ रनको विशाल लक्ष्य पछ्याउनेक्रममा ३० बलमा ८ चौका र ४ छक्का हान्दै जित सहज दिलाएका थिए । तेस्रो खेलमा भारतविरुद्ध १९ बलमै अर्धशतक हानेका थिए ।

ग्रीनले तेस्रो खेलमा २१ बलमा ७ चौका र ३ छक्कासहित ५२ रनको इनिङ खेलेका थिए । पहिलो खेलमा पनि भारतविरुद्ध आक्रामक ब्याटिङका साथ जित दिलाएका थिए । ग्रीन कहाँ खेल्ने निश्चित भने छैन । ओपनरमा आरोन फिन्च र डेविड वार्नर छन् । ग्रीनलाई ओपनिङ गराउँदै इंग्ल्यान्डविरुद्ध फिन्चले तल्लोक्रममा ब्याटिङ गरेका थिए ।
अष्ट्रेलिया सुपर १२ को समूह ए मा छ । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, अफगानिस्तान र पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । अष्ट्रेलियाले शनिबार न्युजिल्यान्डसँग खेल्दै सुरुवात गर्नेछ ।
अष्ट्रेलियाको टि२० विश्वकप टोली :
एश्टन अगर, प्याट कमिन्स (उपकप्तान), टिम डेविड, आरोन फिन्च (कप्तान), जोश हेजलवुड, क्यामरन ग्रीन, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचडर््सन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टाइनिस, म्याथ्यु वेड, डेविड वार्नर र एडम जाम्पा ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]