default_image

2 years ago

October 20, 2022

युएईको रोमान्चक जितले नेदरल्यान्ड्स सुपर १२ मा

77 views

0 Bookmark

एजेन्सी – युएईले आइसिसी टि२० विश्वकप २०२२ मा नामिबियामाथि सात रनको रोमान्चक जित निकाल्दा नेदरल्यान्ड्स सुपर १२ मा पुगेको छ । समूह ए को निर्णायक खेलमा नामिबिया पराजित हुदा नेदरल्यान्ड्स सुपर १२ मा पुगेको थियो ।

जितको लागि १ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रन मात्र बनाउन सक्यो । नामिबियाको लागि तल्लोक्रमका डेविड विजाले ३६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५५ रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।

रुबेन ट्रम्पलम्यानले २४ बलमा १ चौका र १ छक्कासहित २४ रनमा अविजित रहे । एक समय ६९–७ को दयनीय अवस्थामा पुगेको नामिबियालाई आठौं विकेटका लागि डेविड विजा र रुवेन ट्रम्पलम्यानले ४४ बलमा ७० रनको सानदार साझेदारी गरेपनि टोलीको हार टार्न सकेनन् ।

अन्तिम १२ बलमा जितको लागि नामिबियालाई २० रन चाहिँएको थियो । १९ औं ओभरमा तीव्र गतिका बलर जहुर खानले मात्र रन खर्चेपछि ६ रन खर्चेपछि अन्तिम ओभरमा १४ रन चाहिँएको थियो । अन्तिम ओभरमा मोहम्मद वासिमले एक विकेट लिँदै ६ रन खर्चेपछि नामिबियाको सुपर १२ खेल्ने सपना समाप्त भएको थियो ।

नामिबियाको सुरुवात निकै खराब रह्यो । तीव्र गतिका बलर जुनैद सिद्दिकको दोस्रो ओभरको पाँचौं बलमा ओपनर स्टेफन ब्राड एज लागेर अहमद राजाबाट ४ रनमा क्याच भए । तेस्रो ओभरको अन्तिम बलमा बासिल हमिदले जान निकोललाई एक रनमा एलबीडब्लू आउट गरे । स्पिनर कार्तिक मयाप्पनले कप्तान जेरार्ड इरास्मसलाई १६ रनमा पेभेभिलिएन फर्काए ।

तीन बल पछि जेजे स्मित तीन रनमा रन आउट भए । जान फ्रिलिंक १४ र जीन ग्रीन २ रनमा आउट भएपछि नामिबिया १२.४ ओभरमा ६९–७ को दयनीय अवस्थामा पुगेको थियो । युएईका जहुर खानले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । जुनैद सिद्दिक, मोहम्मद वासिम र कार्तिक मयाप्पनले एक एक विकेट लिए ।

त्यसअघि भिक्टोरियामा टस जितेर पहिला ब्याटिङको थालेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो । युएईका ओपनर मोहम्मद वासिमले ४१ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाए । कप्तान सिपी रिजवान २९ बलमा ३ चौका र १ छक्कासहित ४३ रन बनाए ।

तल्लोक्रमका बासिल हामिदले १४ बलमा २ चौका र २ छक्कासहित २५ रनमा अविजित रहे । ओपनर वृत्य अरविन्द ३२ बल खेल्दै २ चौकासहित २१ रनमा आउट भए । नामिबियाका डेविड विजा, बेनार्ड स्कोल्टज र बेन शिकोगोंले एक एक विकेट लिए ।
समूह ए मा समान ४ अंक भएपनि श्रीलंका शीर्ष र नेदरल्यान्ड्स दोस्रो स्थानमा रहँदै सुपर १२ मा पुगे ।

श्रीलंकाको नेटरनरेट प्लस ०.६६७ र नेदरल्यान्ड्सको ०.१६२ रह्यो । समान २ अंक भएका नामिबिया तेस्रो र युएई पुछारमा रहँदै बाहिरिए ।

सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए को विजेता श्रीलंका र समूह बी को उपविजेता रहनेछन् । सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बी को विजेता र समूह ए को उपविजेता नेदरल्यान्ड् रहनेछन् ।

अंक तालिका
समूह बी मा स्कटल्यान्ड १ खेलमा १ मा जित र १ मा हार सहित शीर्ष स्थानमा छ । जिम्बावे १ खेलमा २ अंक सहित दोस्रो स्थानमा छ । वेस्टइन्डिज २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । आयरल्यान्ड २ खेलमा १ मा जित र १ मा हार सहित पुछारमा छ । अन्तिम खेलमा वेस्टइन्डिजले आयरल्यान्डसँग खेल्नेछ । स्कटल्यान्डसँग खेल्नेछ । समान २ अंक हुँदा विजयी टोली सुपर १२ मा पुग्नेछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.