default_image

2 years ago

October 20, 2022

हेमन्तको सानदार बलिङ

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर हेमन्त धामीले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत सुदूरपश्मिच छनोटमा कन्चनपुरबाट दार्चुलाविरुद्ध सानदार बलिङका साथ ७५ रनको जित दिलाएका छन् ।


टस जितेर पहिला ब्याटिङ थालेको कन्चनपुर २७.३ ओभरमा १ सय ६३ रनमा अल आउट भयो । कन्चनपुरका मध्यक्रमका मिलन बोहराले ५२ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५३ रन बनाए । ओपनर शुशिल खड्का ७, प्रकाश पाण्डे ९, लोेकेश जोशी १८, किरण ठंगुना १४ र हेमन्त धामीलो २६ रन बनाए ।

दार्चुलाका राजेन्द्र बमले ७ ओभरमा ४३ रन खर्चेर ४ विकेट लिए । विपिन धामी र महेन्द्र ठंगुनाले दुई दुई विकेट लिए । जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको दार्जुला २८.१ ओभरमा ३८ रनमा अल आउट भयो ।

दार्चुलाको लागि सागर कुँवर ३८ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा अविजित रहे । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । कन्चनपुरका हेमन्त धामीले ६ ओभरमा २ मेडनसहित १० रन खर्चेर ४ विकेट लिए । शुशिल खड्काले दुई विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.