default_image

2 years ago

October 20, 2022

धादिङ क्रिकेट लिग : समूह बी मा कडा प्रतिस्पर्धा, धुनीवेशी सेमिफाइनलमा

196 views

0 Bookmark

धादिङ (हाम्रो खेलकुद) – धादिङमा जारी अन्तर पालिका स्तरीय धादिङ क्रिकेट लिगको विहीबार तेस्रो दिन बेनिघाट रोराङ गाउँपालिकाले पहिलो जित दर्ता गरेको छ । समूह बी मा रहेको बेनिघाट रोराङ गाउँपालिकाले नीलकण्ठ नगरपालिकालाई ७ रनले पराजित गरेको छ । समूहबाट दुई चरणका खेल सकिँदा सहभागी चार टिमकै समान २-२ अंक छ ।

आफ्नो पहिलो खेलमा सिद्धलेक गाउँपालिकासँग पराजय बेहोरेको बेनिघाट रोराङले दोस्रो खेलमा नीलकण्ठ नगरपालिकालाइ झिनो रन अन्तरले पराजित गरेर सेमिफाइनल सम्भावना राखेको छ ।

विहीबार नै भएको दोस्रो खेलमा सिद्धलेक गाउँपालिकाले गल्छी गाउँपालिकालाई पराजित गरेसँगै सेफिफाइनल यात्रा रोमान्चक पुगेको छ । यो समूहबाट सेमिफाइनल यात्रा गर्ने टुङ्गो अन्तिम खेलबाट लाग्नेछ ।

अन्तिम खेलमा नीलकण्ठ नगरपालिका र गल्छी गाउँपालिका तथा बेनिघाट रोराङ गाउँपालिका र सिद्धलेक गाउँपालिकाबीच पाँच गते हुने छ । त्यस्तै विहीबारकै पहिलो खेलमा समूह ए मा रहेको त्रिपुरासुन्दरी गाउँपालिकाले गजुरीलाइ पराजित गरेर सेमिफाइनल पुग्ने आशा जिवितै राखेको छ । लगातार दुर्इ खेलमा पराजित भएसँगै गजुरी गाउँपालिका समूह चरणबाटै बाहिरिएको छ ।

गजुरी पहिलो खेलमा खनियावास गाउँपालिकासंग पराजित भएको थियो । समहू चरणमा गजुरी गाउँपालिकाले अन्तिम खेल धुनीवेशी नगरपालिकासँग खेल्नेछ । उसको लागि औपचारिकता मात्रै बाँकी रहनेछ ।

यो समूहबाट धुनीवेशी लगातार दुर्इ खेल जित्दै अन्तिम खेल अघि नै सेफिफाइनलमा स्थान बनाएको छ । त्रिपुरा सुन्दरी गाउँपालिका र खनियावास गाउँपालिकाको समान २(२ अंक छ । समूह चरणको अन्तिम खेलमा यी टोलीबीच प्रतिस्पर्धा हुनेछ । विजयी टोली सेमिफाइनलमा पुग्नेछ ।

धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको यस प्रतियोगीतामा ८ वटा गाउँपालिका सहभागी भएका छन् । प्रतियोगीतामा विजयी हुने टोलीले १ लाख २५ हजार प्राप्त गर्नेछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.