default_image

2 years ago

October 20, 2022

विपिनको सानदार शतक

264 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – अलराउन्डर विपिन खत्रीले प्रधानमन्त्री एकदिवसिय राष्ट्रिय प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश छनोटमा कास्कीबाट नवलपुरविरुद्ध सानदार शतक हानेका छन् । उनको सानदार शतकमा कास्की १ सय ४२ रनको फराकिलो अन्तरले विजयी भयो ।

पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको कास्की ५० ओभरमा २ सय ३३ रनमा अल आउट भयो । कास्कीको लागि विपिन खत्रीले ८६ बलमा १३ चौका र ४ छक्कासहित १ सय १७ रनको अविजित सानदार शतकीय इनिङ खेले ।

ओपनर मुस्कान थापा मगर १० र अर्जुन कुमाल ३१ रनमा आउट भए । अर्जुनले ५६ बलमा ७ चौका हाने । अभिषेक थापा २२ र पौडेल १२ रनमा आउट भए । नवलपुरका विशाल पौडेल र रिजन काफ्लेले दुई दुई विकेट लिए । जितको लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको नवलपुर २३.२ ओभरमा ९१ रनमा अल आउट भयो ।

गोविन्द विक १२, दीपक डुम्रे १८, रिजन काफ्ले १६, विशाल पौडेल ११ र प्रिन्स खनाल १२ रनमा आउट भए । कास्कीका कृष्ण पौडेलले ५.२ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए ।

अमृत गुरुङ, विपिन खत्री र सुवास भण्डारीले दुई दुई विकेट लिए । प्रधानमन्त्री कप कार्तिक १२ देखि २६ सम्म काठमाडौंमा हुनेछ । त्यसको लागि खेलाडी छनोट गर्न सबै प्रदेशले छनोट प्रतियोगिता आयोजना गरेका छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.