default_image

2 years ago

October 21, 2022

सुपर १२ मा पुग्न आज निर्णायक दुई खेल हुँदै

130 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को समूह बी मा आज सुपर १२ मा पुग्न दुई निर्णायक खेल हुँदैछन् । पहिलो खेलमा दुई पटकको च्याम्पियन वेस्टइन्डिज र आयरल्यान्डबीच विहान ९ : ४५ मा सुरु हुनेछ । दोस्रो खेलमा स्कटल्यान्ड र जिम्बावेबीच दिउँसो १ : ४५ मा सुरु हुनेछ ।

दुबै खेलको विजयी टोली ४ अंकका साथ सुपर १२ मा छ । सुरुवाती दुई खेल सकिँदा सबै चार टोलीको नै समान २ अंक छ । त्यसैले आजको खेल चारै टोली सुपर १२ मा पुग्ने सपना सहित प्रतिस्पर्धा गर्नेछन् ।

जित्ने टोली सुपर १२ र हार्ने टोली बाहिरिनेछन् । वेस्टइन्डिज पहिलो खेलमा स्कटल्यान्डसँग ४२ रनले स्तब्ध भएको थियो । तर वेस्टइन्डिजले जिम्बावेलाई ३१ रनले हराउँदै आशा कायमै राख्यो । त्यस्तै स्कटल्यान्ड दोस्रो खेलमा आयरल्यान्डसँग ६ विकेटले पराजित भयो । आयरल्यान्ड जिम्बावेसँग पराजित भएको थियो ।

जिम्बावेलाई हराउन तीव्र गतिका बलर अल्जारी जोशेफले चार विकेट लिएका थिए । जोशेफ, ओबेद म्याककोय र शेल्डन कटरेल तीव्र गतिका बलर हुन् । वेस्टइन्डिजमा ब्रेन्डन किंग, काइल मेयर्स, निकोलस पुरन, रोभम्यान पावेल, जेसन होल्डर र ओडेन स्मिथ जस्ता ब्याटर छन् ।

यता आयरल्यान्डका कर्टिस क्याम्फरले आयरल्यान्डलाई हराउन ७२ रनको उत्कृष्ट ब्याटिङ गरेका थिए । ओपनर पउल स्टर्लिङ, कप्तानी एन्डी बलबर्नी, ह््यारी टेक्टर र कर्टिस क्याम्फरको प्रदर्शन महत्वपूर्ण हुनेछ । तीव्र गतिका बलर मार्क आदिर, जोश लिटिल र कर्टिसको बलिङबाट आयरल्यान्ड उत्कृष्ट प्रदर्शन चाहन्छ ।

वेस्टइन्डिजको मध्यक्रम सबैभन्दा ठूलो समस्या हो । लगातार मध्यक्रमका ब्याटर चल्न नसकेका छैनन् । आयरल्यान्डको तल्लोक्रम कमजोर छ । यता जिम्बावे स्कटल्यान्डलाई स्तब्ध पार्दै सुपर १२ खेल्न चाहन्छ । जिम्बावेका अलराउन्डर सिकन्दर राजाले सानदार प्रदर्शन गरेका छन् । उनको लय रोक्न मुख्य चुनौती हुनेछ । तीव्र गतिका बलर ब्लेसिङ मर्जुामानी अर्को हितयार हुन् ।

यता स्कटल्यान्डका स्पिनर मार्क वाट्टले राम्रो बलिङ गर्दै आएका छन् । जर्ज मुन्शे स्कटल्यान्डका प्रमुख ब्याटर हुन् । उनी राम्रो लयमा पनि छन् । मुन्शे, म्याथ्थु क्रस, रिची बेरिन्टन र माइकल जोन्स हुन् । समूह ए बाट श्रीलंका शीर्ष र नेदरल्यान्ड्स दोस्रो स्थानमा रहँदै सुपर १२ मा पुगेका छन् । श्रीलंका सुपर १२ को समूह ए र नेदरल्यान्ड्स समूह बी मा रहनेछ ।

सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए को विजेता श्रीलंका र समूह बी को उपविजेता रहनेछन् । सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बी को विजेता र समूह ए को उपविजेता नेदरल्यान्ड् रहनेछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.