default_image

3 years ago

October 21, 2022

ईशानको शतक

167 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर इशान किशनले झारखण्डबाट शैद मुश्ताक अलि ट्रफीमा उडिसाविरुद्द शतक हानेका छन् ।

इशानको शतकमा झारखण्ड ७१ रनले विजयी भयो
। लखनउमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको झारखण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । झारखण्डका इशान किशनले ६४ बलमा ५ चौका र ७ छक्कासहित १ सय २ रनको शतकिय इनिङ खेले ।
कप्तान विराट सिँह १८, कुमार सुरज ३२ र अनुकूल रोयले १५ रन जोडे ।
उडिसायका तरानी साले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए ।
जितको लागि १ सय ८९ रनको विजयी लक्ष सामना गरेको उडिसा १९.२ ओभरमा १ सय १७ रनमा अल आउट भयो ।

उडिसाको लागि ओपनर शानत्नु मिस्रले ५० बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ५४ रन बनाए । अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् । झारखण्डको लागि शहवाज नदिमले ४ ओभरमा २१ रन खर्चेर तीन विकेट लिए । अनुकुल रोय र विवेकान्द तिवारीले दुई दुई विकेट लिए ।

भारतका ३८ टोलीबीच प्रतिस्पर्धा हुने यस प्रतियोगिताको प्रदर्शनबाट आइपिएल देखि भारतीय टोलीमा खेलाडी छनोट हुने गर्दछ । आइपिएलमा यो प्रतियोगिता प्रदर्शनलाई नै फ्रेन्चाइज टोली आधार बन्ने गर्दछन् । बिसिसिआईले आइपिएपछि आयोजना गर्ने दोस्रो ठूलो टि२० प्रतियोगिता हो । एकदिवसिय लिष्ट ए मान्यता प्रतियोगिता विजय हजारे र प्रथम श्रेणी मान्यता प्राप्त खेलमा रणजी ट्रफी हुने गर्दछ ।

June 18, 2025

बिबिएल ड्राफ्टमा ६ नेपाली क्रिकेटर

एजेन्सी – अस्ट्रेलियाको बिग बास लिग(बिबिएल) को ड्राफ्टमा नेपालका ६ क्रिकेटर अटाएका छन् । बिबिएलको १५औं संस्करणमा नेपालका ६ खेलाडी समावेश भएका बिबिएलले जनाएको छ । यस संस्करणको बिबिएल ड्राफ्ट बिहिबार हुनेछ । बिबिएल ड्राफ्टमा सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, अर्जुन साउद, विपिन शर्मा र आरिफ शेख रहेका छन् । नेपालबाट सन्दीपले मात्र बिबिएल […]

June 17, 2025

नेपालले स्कटल्याण्डलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले हराएको छ । सिरिजमा नेपालको यो पहिलो जित हो । स्कटल्याण्डले प्रस्तुत गरेको ९८ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा अन्तिम ओभरमा पूरा गरेको हो । यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । […]

June 17, 2025

बलर चम्कँदा नेपाललाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोलीबाट ९८ रनको सामान्य लक्ष्य प्राप्त गरेको छ । नेपालका लागि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्याण्ड १९.४ ओभरमा मात्र ९७ रनमा अलआउट भएको हो । लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चिए । सन्दीपले पावरप्लेमा अन्य बलरले […]

Success

Thank you for your time.