default_image

2 years ago

October 21, 2022

प्रधानमन्त्री कपमा आर्मी र एपीएफ एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब एकै समूहमा परेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रम अन्तर्गत क्यानले आयोजना गर्ने पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता खेल तालिका र समूह सार्वजनिक गरेको छ । प्रतियोगिता  कार्तिक १३ देखि २६ गते सम्म काठमाडौंमा […]

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब एकै समूहमा परेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रम अन्तर्गत क्यानले आयोजना गर्ने पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता खेल तालिका र समूह सार्वजनिक गरेको छ । प्रतियोगिता  कार्तिक १३ देखि २६ गते सम्म काठमाडौंमा हुने भएको छ ।
समुह ए मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश छन् । समुह बि मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेश र प्रदेश एक छन् ।
पहिलो दिन टियुमा आर्मी र एपीएफबीच प्रतिस्पर्धा हुने छ । उता मुलपानीमा पुलिस र बागमती भिड्ने छन् ।

फाइनल कार्तिक २६ मा हुने छ । कार्तिक २४ मा सेमिफाइनल हुने छ ।  समूह एको बिजेता र समुह बि को उप विजेता टियुमा पहिलो सेमिफाइनल खेल्ने छन् । समुह बि को विजेता र समूह ए को उप विजेताले मुलपानीमा दोस्रो सेमिफाइनल खेल्ने छन् ।

पहिलो संस्करणको फाइनल वर्षाको कारण प्रभावित हुँदा उपाधि नेपाल आर्मी र नेपाल पुलिस क्लबले संयुक्त रुपमा बाँडेका थिए । दोस्रो संस्करण २०१८ को फाइनलमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करण २०१९ मा पुलिसले आर्मीलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो ।

चौथो संस्करणको फाइनलमा एपिएफलाई ३३ रनले हराउँदै आर्मीले उपाधि जितेको थियो ।

गतवर्ष नेपालले टि२० विश्वकप ग्लोबल छनोट ए खेल्ने भएपछि एकदिवसियको सट्टा क्यानले टि२० शैलीमा गरेको थियो । गतवर्ष टि२० राष्ट्रिय प्रतियोगिता उपाधि एपिएफले पुलिसलाई २१ रनले हराउँदै उपाधि जितेको थियो ।

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेश माथि २१ रनको जित हासिल गर्दै उपाधि कब्जा गरेको हो । लुम्बिनीले दिएको ११७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन […]

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

Success

Thank you for your time.