default_image

2 years ago

October 21, 2022

वेस्ट इन्डिजमाथी सानदार जितसँगै आयरल्यान्ड सुपर१२ मा

100 views

0 Bookmark

एजेन्सी – आयरल्यान्डले दुई पटकको च्याम्पियन वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै आईसीसी टि२० विश्वकपको सुपर १२ मा पुगेको छ ।

जितको लागी १ सय ४७ रनको विजयी लक्ष पच्याएको आयरल्यान्डले १७.३ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो ।

आयरल्यान्डका पउल स्टर्लिङ ४८ बलमा ६ चौका २ छक्का सहित ६६ रनमा अविजित रहे । लोर्कान टर्करले ३५ बलमा २ चौका र २ छक्का सहित ४६ रनमा अविजित रहे ।

पहिलो विकेटका लागि कप्तान एन्ड्रयु बालबिर्नी र पउल स्टर्लिङले ७.३ ओभरमा ७३ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाए । बलबार्नी २३ बलमा ३ चौका र ३ छक्का सहित ३७ रनमा आउट भए ।

त्यसअघि होबार्टमा टस जितेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । वेस्ट इन्डिजका ब्रेन्डन किंगले ४८ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ६२ रनमा अविजित रहे । ओडेन स्मिथ १२ बलमा १ चौका र २ छक्का सहित १९ रनमा अविजित रहे ।

ओपनर काइल मेयर्स एक र जोहनसन चार्ल्सले २४ रन बनाए । चार्ल्स १८ बलमा ३ चौका र १ छक्का हाने ।

अनुभवी ब्याटर इविन लेविस १८ बलमा १३ रनमा आउट भए । कप्तान निकोलस पुरन १३ र रोभम्यान पावेल ६ रनमा आउट भए ।

आयरल्यान्डका ग्यारेथ डेलानीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । सिमि सिंह र ब्यारी म्याकर्थीले एक एक विकेट लिए ।

वेस्ट इन्डिज २०१२ र २०१६ को टि२० विश्वकप च्याम्पियन हो । तर पहिलो चरणबाटै बाहिरीएको छ । दोस्रो खेलमा स्कटल्यान्ड र जिम्बावेबीच दिउँसो १ : ४५ मा सुरु हुनेछ । त्यसखेलको नतिजाले समुह विजेता र उप विजेता निर्धारण हुनेछ ।

समूह ए बाट श्रीलंका शीर्ष र नेदरल्यान्ड्स दोस्रो स्थानमा रहँदै सुपर १२ मा पुगेका छन् । श्रीलंका सुपर १२ को समूह ए र नेदरल्यान्ड्स समूह बी मा रहनेछ ।

सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए को विजेता श्रीलंका र समूह बी को उपविजेता रहने छन्न । सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बी को विजेता र समूह ए को उपविजेता नेदरल्यान्ड् रहनेछन् । सुपर १२ को खेल शनिबार देखी सुरु हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.