3 years ago
October 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल क्रिकेट संघ (क्यान) ले पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता विजेता टोलीलाई १० लाख रुपैयाँ दिने भएको छ । प्रधानमन्त्री कप कार्तिक १३ देखि २६ सम्म काठमाडौंमा सुरु हुँदैछ ।
क्यानका कोषाध्यक्ष रोशन सिंहका अनुसार प्रधानमन्त्री कपको विजेताले १० लाख र उपविजेता टोलीले ५ लाख पाउनेछन् । त्यस्तै प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउने भएका छन् । प्रतियोगिता उत्कृष्ट ब्याटर र बलरलो समान २० हजार पाउनेछन् । प्रतियोगिता उदीयमान खेलाडीले १० हजार प्राप्त गर्नेछन् ।
सिंहका अनुसार क्यानले खेलाडीको यातयात, खाना, बस्न सबै सेवालाई छाडेर म्याच फी १५ सय दिने भएको छ । ‘हामीले म्याच फी १५ सय दिने छौं । प्रतियोगिताको अनुमाति कुल बजेत १ करोड ४७ लाख छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ६० लाख र अन्य क्यानले आन्तरिक श्रोतबाट पूरा गर्नेछ’, सिंहले हाम्रो खेलकुदसँग भने ।
राखेपको कार्यक्रम अन्तर्गत क्यानले आयोजना गर्दै आएको छ । यसपटक क्यानले सबै ४३ जिल्लालाई जर्सी उपलब्ध गराएको छ । हरेक जिल्लालाई २० हजार र १२ प्रति बल यस छनोटको लागि दिएको छ । प्रदेशलाई भने ६० हजार छनोटको लागि पठाएको छ । म्यान अफ द म्याचले तीन हजार पाउनेछन् ।
समुह ए मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश छन् । समुह बि मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेश र प्रदेश एक छन् । पहिलो दिन टियुमा आर्मी र एपीएफबीच प्रतिस्पर्धा हुने छ । उता मुलपानीमा पुलिस र बागमती भिड्ने छन् ।
फाइनल कार्तिक २६ मा हुने छ । कार्तिक २४ मा सेमिफाइनल हुने छ । समूह एको बिजेता र समुह बि को उप विजेता टियुमा पहिलो सेमिफाइनल खेल्ने छन् । समुह बि को विजेता र समूह ए को उप विजेताले मुलपानीमा दोस्रो सेमिफाइनल खेल्ने छन् ।
पहिलो संस्करणको फाइनल वर्षाको कारण प्रभावित हुँदा उपाधि नेपाल आर्मी र नेपाल पुलिस क्लबले संयुक्त रुपमा बाँडेका थिए । दोस्रो संस्करण २०१८ को फाइनलमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करण २०१९ मा पुलिसले आर्मीलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो ।
चौथो संस्करणको फाइनलमा एपिएफलाई ३३ रनले हराउँदै आर्मीले उपाधि जितेको थियो । गतवर्ष नेपालले टि२० विश्वकप ग्लोबल छनोट ए खेल्ने भएपछि एकदिवसियको सट्टा क्यानले टि२० शैलीमा गरेको थियो । गतवर्ष टि२० राष्ट्रिय प्रतियोगिता उपाधि एपिएफले पुलिसलाई २१ रनले हराउँदै उपाधि जितेको थियो ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम विदुर मेयर कप अन्तर वडा टि-२० प्रतियोगिताको उपाधि वडा नम्बर-३ ले जितेको छ । उपाधि सहित विजेता वडा नम्बर-३ ले ५० हजार रुपैयाँ तथा उपविजेता वडा नम्बर-४ ले २५ हजार रुपैयाँ प्राप्त गर्यो । नुवाकोट स्थित पिपलटार क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नम्बर-३ ले वडा नम्बर-४ लाई १०५ रनको […]
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको स्कटल्याण्ड भम्रण शुक्रवार सकिएको छ। टोली आइतवार बिहान स्वदेश आइपुग्ने बताइएको छ। नेपाली टोलीको यसपटकको भ्रमण मिश्रित रह्यो । नेपालले स्कटल्याण्डमा खेलेको विश्व कप लिग टु र टि ट्वान्टी आई सिरिजमा खेलेको ८ मध्ये ५ खेलमा जित निकालेको थियो । युरोपमा नेपालको यो नतिजालाई राम्रो मान्न सकिन्छ […]
June 21, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डसँगको पहिलो टेस्टको पहिलो इनिङमा भारतले बलियो योगफल तयार गरेको छ । पहिलो इनिङमा भारतले कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४ सय ७१ रन बनाएको छ । पछिल्लो क्रममा घरेलु टोलीले बलिङमा पुनरागमन गरेको थियो। कप्तान गिल २ सय २७ बलमा १९ चौका र १ […]