default_image

2 years ago

October 21, 2022

रामनरेश र पियुषको उत्कृष्ट बलिङमा मकवानपुरलाई उपाधि

89 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर रामनरेश गिरी र पियुष शर्माको उत्कृष्ट बलिङमा मकवानपुरले प्रधानमन्त्री कप अन्तर्गत बागमती प्रदेश छनोटमा ललितपुरलाई २ रनले हराउँदै उपाधि जितेको छ ।

माथिल्लो मुलपानी मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मकवानपुरले निर्धाारित ४० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । मकवानपुरको लागि रामनरेश गिरीले २३, असिम श्रेष्ठले २१, गौरभ र विशाल फुँयाल २६-२६ रन बनाए ।

ललितपुरका लागि सूर्य तामाङले ८ ओभरमा ४ मेडनसहित १३ रन खर्चेर ४ विकेट लिए । हरिओम जोशी र शशांक अग्रवालले दुई दुई विकेट लिए ।

जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएकाले ललितपुर ३५.१ ओभरमा १ सय ४९ रनमा अल आउट भयो । एक समय २६ ओभरमा १२२-६ को अवस्थामा रहेपनि त्यसपछि लगातार विकेट गुमाएको थियो ।

ललितपुरका आदिल खानले ७१ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५१ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । आदिल बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

मकववानपुरका राम नरेश गिरीले ८ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ४ विकेट लिए । पियुष शर्माले ६.१ ओभरमा २ मेडनसहित २० रन खर्चेर ५ विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.