default_image

2 years ago

October 21, 2022

स्कटल्यान्डलाई हराउँदै जिम्बावे सुपर १२ मा

91 views

0 Bookmark

एजेन्सी – जिम्बावेले आइसिसी विश्वकप २०२२ मा स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्दै सुपर १२ मा स्थान बनाएको छ । योसँगै सुपर १२ मा पुग्ने चारै टोलीको टुङ्गो लागेको छ ।

जितको लागि १ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले १८.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । जिम्बावेका कप्तान क्रेग इर्विनले ५४ बलमा ६ चौकासहित सर्वाधिक ५८ रन बनाए । सिकन्दर राजाले २३ बलमा ३ चौका र २ छक्कासहित ४० रन बनाए । स्कटल्यान्डका जोश डाभेले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि होबार्टमा टस जितेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । स्कटल्यान्डका जर्ज मुन्शेले ५१ बलमा ७ चौकासहित सर्वाधिक ५४ रन बनाए । कलुम म्याकलेओड २५, माइकल लिस्क १२ र कप्तान रिची बेरिङगटनले १३ रन बनाए ।

जिम्बावेका टेन्डाई चतरा र रिचर्ड न्गरावाले समान दुई विकेट लिए । जिम्बावे समूह बी को विजेता बनेको छ । जिम्बावे सुपर १२ मा समूह बी मा खेल्नेछ । आयरल्यान्ड उपविजेता बन्दै सुपर १२ मा पुगेको छ । आयरल्यान्डले सुपर १२ को समूह ए मा खेल्नेछ ।

समूह ए बाट श्रीलंका शीर्ष र नेदरल्यान्ड्स दोस्रो स्थानमा रहँदै सुपर १२ मा पुगेका छन् । श्रीलंका सुपर १२ को समूह ए र नेदरल्यान्ड्स समूह बी मा रहनेछ ।

सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए को विजेता श्रीलंका र समूह बी को आयरल्यान्ड रहने छन्न ।

सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बी को विजेता जिम्बावे र समूह ए को उपविजेता नेदरल्यान्ड् रहनेछन् । सुपर १२ को खेल शनिबार देखी सुरु हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.