default_image

2 years ago

October 21, 2022

चौका र छक्काको वर्षा बनाउँदै अनिलको विष्फोटक शतक

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका विकेटकिपर अनिल कुमार शाहले प्रधानमन्त्री कप अन्तर्गत मधेश छनोटमा बाराबाट चौका र छक्काको वर्षा बनाउँदै पर्साविरुद्ध विष्फोटक शतक हानेका छन् ।

अनिल शाह

टस जितेर पहिला ब्याटिङ गर्दै बाराले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ६ रन बनायो । बाराको लागि कप्तान अनिल शाहले १ सय १५ बलमा १४ चौका र ९ छक्कासहित १ सय ४९ रनको विष्फोटक शतकीय इनिङ खेले । अनिल पुलिस छाडेर यो पटक देखि मधेश फर्किएका छन् । सानदार शतकका साथ सुरुवात गरेका हुन् । अनिल सफिउल्लाह अन्सारीको बलमा एलबीडब्लू आउट भएका थिए ।
युवा ओपनर तृथ दास ३४, अरनिको यादव २५, निखिल सिंह २० र निकेश गुप्ताले २३ रन बनाए । पर्साको लागि सफिउल्लाह अन्सारी र रन्जित कुमारले तीन तीन विकेट लिए । जितको लागि ३ सय ७ रनको विशाल विजयी लक्ष्य पछ्याएको पर्सा ३७.२ ओभरमा १ सय ४२ रनमा अल आउट भयो ।
पर्साको लागि ओपनर ईमरान शेख १३, शन्तोष कार्की २९, अफ्जल मन्सरी ३६ र हासिम अन्सारीले १६ रन बनाए । बाराको लागि निखिल सिंहले ८.२ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ५ विकेट लिए । प्रधानमन्त्री कप कार्तिक १३ देखि काठमाडौंमा सुरु हुनेछ । त्यसको लागि बागमती प्रदेशले मात्र छनोट सकेको छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.