2 years ago
October 22, 2022
एजेन्सी – आइसिसी टि२० विश्वकपको सुपर १२ को पहिलो खेलमा आज साविक वितेता अष्ट्रेलिया र उपविजेता न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा सिड्नीमा सुरुहुनेछ ।
घरेलु टोली अष्ट्रेलिया समर्थक र मैदानको फाइदा उठाउँदै सानदार सुरुवात गर्न चाहन्छ । अष्ट्रेलियाको ब्याटिङ र तीव्र गतिका बलर मुख्य हतियार हो । न्युजिल्यान्ड कप्तान केन विलियम्सनको कप्तानी र उत्कृष्ट तीव्र गतिको बलिङले अष्ट्रेलियालाई स्तब्ध पार्नसक्छ ।
अष्ट्रेलियाको ओपनरमा आरोन फिन्च र डेविड वार्नर हुनेछन् । क्यामरन ग्रीनलाई मौका दिए फिन्चले तल्लोक्रममा ब्याटिङ गर्नेछन् । त्यसपछि मिचेल मार्श, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, टिम डेविड र म्याथ्यु वेड हुनेछन् ।
मिचेल मार्शले गतवर्ष विश्वकप दिलाउन सानदार प्रदर्शन गरेका थिए । ग्लेन म्याक्सवेल पछिल्लो समय लयमा छैनन् । विश्वकपमा उनी लयमा फर्किदै अष्ट्रेलिया विष्फोटक ब्याटिङ चाहन्छ । मार्कस स्टोइनिस, टिम डेविड र म्याथ्यु वेड तल्लोक्रमका विष्फोटक हिटर हुन् । यी तीन ब्याटरले एकै ओभरमा खेललाई मोड्न सक्छन् ।
प्याट कमिन्स पनि ठूला सटको क्षमत राख्छन् । मिचेल स्टार्क, कमिन्स र जोश हेजलवुड प्रमुख तीव्र गतिका बलर हुन् । स्टार्क र हेजलवुडले सानदार प्रदर्शन गर्दै आएका छन् । स्पिनर एडम जाम्पाले निरन्तरता पाउनेछन् । अष्ट्रेलियाको ब्याटिङमा गहिराई छ ।
यता न्युजिल्यान्डको मुख्य हतियार नै प्रमुख केन विलियम्सन हुन् । उनको प्रदर्शन र कप्तानी दुबै महत्वपूर्ण हुनेछ । ओपनर फिन एलेन र मार्टिन गुप्टिलबाट राम्रो सुरुवात चाहन्छ । केन विलियम्सन, डेभन कन्वे र ग्लेन फिलिप्स प्रमुख ब्याटर हुन् ।
यी तीन ब्याटरको प्रदर्शन महत्वपूर्ण हुनेछ । मार्क च्यापम्यान, माइकल ब्रेसवेल, मिचेल सान्टनार र जिमी निसम अलराउन्डरको रुपमा खेल्नेछन् । न्युजिल्यान्डको मुख्य हतियार नै तीव्र गतिको बलिङ हो ।
ट्रेन्ट बोल्ट, टिम साउथी र लोकी फर्गुसनको जोडी पुनः जम्न सक्छ । स्पिनरमा ईश सोधी र मिचेल सान्टनार हुनेछन् । आजको दोस्रो खेलमा इंग्ल्यान्ड र अफगानिस्तानबीच दिउँसो ४ : ४५ मा हुनेछ ।
हेड टु हेड :
पछिल्ला पाँच टि२० आई खेलमा न्युजिल्यान्डले एक खेलमा मात्रै जित निकोलेको छ । यी दुई देशबीच कुल १५ खेल हुँदा अष्ट्रेलियाले १० खेल जितेको छ ।
February 8, 2025
काटमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा फ्रेन्ड्स युथ क्लब डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा शनिवार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको गहो । डडेलधुराले उपाधिका लागि सोमवार डिसीए धनगढी र सिवाईसी अत्तरिया मध्ये एकसँग फाइनल हुनेछ । ८३ रनको सामान्य […]
February 7, 2025
सुमन अधिकारी,बुटवल लुम्बिनी खुकुरी क्लब जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सेमिफाइनल खेलमा शुक्रवार तिरुपति क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै खुकुरीले फाइनलको यात्रा तय गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ३४ रनको बलियो योगफल खडा […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेल शुक्रवार सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । प्रतियोगिताको सातौं दिन भएको समुह ‘बी’ अन्तर्गत भएको लिग चरणको अन्तिम खेलमा सिवाइसी अत्तरियाले न्यु होराइजन बुटवललाई ७८ रनले हरायो । यो जितसँग अत्तरिया समुह […]