default_image

2 years ago

October 22, 2022

सानदार विजयी सुरुवात गर्ने सोचमा उपाधि दाबेदार इंग्ल्यान्ड

114 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले आइसिसी टि२० विश्वकपको सुपर १२ मा आज अफगानिस्तानसँग खेल्दै सुरुवात गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ : ४५ मा पर्थमा सुरुहुनेछ । उपाधिको प्रमुख दाबेदार इंग्ल्यान्ड स्पिनरको हतियार भएको अफगानिस्तानलाई हराउँदै सानदार सुरुवात गर्न चाहन्छ ।

इंग्ल्यान्डको ब्याटिङ आइनप मजबुत छ । कप्तान जस बटलर र एलेक्स हेल्सले ओपनिङ गर्नेछन् । कप्तान बटलर इंग्ल्यान्डका भरपर्दा आक्रामक ब्याटर हुन् । उनी चलेको खण्डमा इंग्ल्यान्ड एक्लै सहज जित हात पार्नसक्छ । लामो समयपछि टोलीमा फर्किएका एलेक्स हेल्स पनि राम्रो लयमा छन् ।

त्यसपछि डेविड मलान, लियाम लिभिङस्टोन, बेन स्टोक्स, ह्यारी ब्रुक र मोईन अली हुनेछन् । मलानबाट इंग्ल्यान्ड लामो इनिङ चाहन्छ । बेन स्टोक्स ठूला र दबाब खेलमा राम्रो गर्ने गर्दछन् । ह्यारी ब्रुक आक्रामक ब्याटर हुन् । युवा ब्याटर ह्यारीले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।

मध्यक्रमका भरपर्दा ब्याटर अफगानिस्तानलाई उनी घातक बन्नसक्छन् । इंग्ल्यान्डको ब्याटिङ मजबुत छ । लियाम लिभिङस्टोन चार वा पाँच मध्य एक ब्याटिङक्रममा खेल्ने छन् । उनी स्पिनरमाथि झन् हाबी हुन्छन् । उनको विशाल छक्का हेर्न अझ लायक हुनेछन् । स्पिन पनि त्यतिनै राम्रो गर्ने गर्दछन् ।

इंग्ल्यान्डको ब्याटिङमा गहिराई छ । मोईनले फिनिसरको भूमिका पाउनेछन् । यी दुबै ब्याटर विष्फोटकको क्षमता राख्छन् । क्रिस वोक्स, मार्क वुड र क्रिस जोर्डनबाट पनि तल्लोक्रममा ब्याटिङको अपेक्षा गर्न सकिन्छ ।

तीव्र गतिका बलरमा मार्क वुड, क्रिस वोक्स र क्रिस जोर्डन हुनेछन् । बेन स्टोक्स पार्टटाइम बलरको विकल्प हुनेछन् । स्पिनरमा मोईन अली र आदिल राशिद हुनेछन् ।

यता अफगानिस्तानको मुख्य हतियार नै स्पिन आक्रामण हो । विश्व क्रिकेटका दुई स्टार राशिद खान र मुजिब उर रहमानले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । मुजिब नयाँ बल र राशिद मध्यक्रममा घातक बन्दै आएका छन् । त्यस्तै मोहम्मद नाबी तेस्रो स्पिनर हुन् । यी तीन स्पिनरको उच्च प्रदर्शन विना भने अफगानिस्तानले जित निकाल्न धेरै कठिन पर्दछ ।

अफगानिस्तानको ब्याटिङ भने कमजोरीको रुपमा छ । ओपनर रहमानाउल्लाह गुरबाज प्रमुख हतियार हुन् । गुरबाजको प्रदर्शनले अफगानिस्तानको योगफलमा धेरै प्रभाव पार्दछ । हज्रतुल्लाह जजाई, इब्राहिम जद्रान र नाजिबउल्लाह जद्रान ब्याटर हुन् । अफगानिस्तानको तीव्र गतिका बलर फजाउल्लाह फारुकी र नभिन उल हक हुनेछन् ।

अफगानिस्तान र इंग्ल्यान्डबीच हालसम्म दुई टि२० आई खेल भएको छ । दुबै खेलमा इंग्ल्यान्ड विजयी भएको छ । सिड्नीको पिच भने बाउन्स बढी हुँदा तीव्र गतिका बलर बढी फाइदा लिनसक्छन् । इंग्ल्यान्ड सन् २०१० को टि२० विश्वकप च्याम्पियन हो । त्यसपछि उपाधि जित्न सकेको छैन ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.