default_image

2 years ago

October 22, 2022

स्मिथ र गुप्टिल बेन्चमा

95 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को सुपर १२ को पहिलो खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।


सिड्नी क्रिकेट ग्राउन्डमा अष्ट्रेलियाका कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । अष्ट्रेलियाले आजको खेलमा अनुभवी ब्याटर स्टिभ स्मिथ, युवा ब्याटर क्यामरन ग्रीन, केन रिचर्ड्सन र एश्टन अगरलाई बेन्चमा राखेको छ । न्युजिल्यान्डले आक्रामक ओपनर मार्टिन गुप्टिल, एडम मिल्ने, डर्याल मिचेल र माइकल ब्रेसवेललाई बेन्चमा राखेको छ ।

न्युजिल्यान्डको प्लेइङ ११ : डेभन कन्वे (विकेटकिपर), फिन एलेन, केन विलियम्सन (कप्तान), ग्लेन फिलिप्स, मार्क च्यापम्यान, जेम्श निसम, मिचेल सान्टनार, टिम साउथी, ईश सोधी, लोकी फर्गुसन र ट्रेन्ट बोल्ट ।

अष्ट्रेलियाको प्लेइङ ११ : आरोन फिन्च (कप्तान), डेविड वार्नर, मिचेल मार्श, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, टिम डेविड, म्याथ्यु वेड (विकेटकिपर), प्याट कमिन्स, मिचेल स्टार्क, एडम जाम्पा र जोश हेजलवुड ।

घरेलु टोली अष्ट्रेलिया समर्थक र मैदानको फाइदा उठाउँदै सानदार सुरुवात गर्न चाहन्छ । अष्ट्रेलियाको ब्याटिङ र तीव्र गतिका बलर मुख्य हतियार हो । न्युजिल्यान्ड कप्तान केन विलियम्सनको कप्तानी र उत्कृष्ट तीव्र गतिको बलिङले अष्ट्रेलियालाई स्तब्ध पार्नसक्छ ।

हेड टु हेड :

पछिल्ला पाँच टि२० आई खेलमा न्युजिल्यान्डले एक खेलमा मात्रै जित निकोलेको छ । यी दुई देशबीच कुल १५ खेल हुँदा अष्ट्रेलियाले १० खेल जितेको छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.