2 years ago
October 22, 2022
एजेन्सी – ओपनर डेभन कन्वे र फिन एलेनको सानदार ब्याटिङमा न्युजिल्यान्डले आइसिसी टि२० विश्वकपमा घरेलु टोली अष्ट्रेलियालाई २ सय १ रनको विशाल लक्ष्य दिएको छ ।
सिड्नीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १ रन बनायो । न्युजिल्यान्डका ओपनर डेभन कन्वे ५८ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ९२ रनमा अविजित रहे ।
न्युजिल्यान्डलाई ओपनर फिन एलेनले सानदार सुरुवात दिलाए । पावर प्लेको भरपूर्ण फाइदा उठाउँदै उनले १६ बलमा ५ चौका र ३ छक्कासहित ४२ रनको विष्फोटक इनिङ खेले ।
एलेन तीव्र गतिका बलर जोश हेजलवुडको बलमा अघि बढेर सट खेल्ने धुनमा योर्करमा बोल्ड हुन पुगे । त्यो समय ४.१ ओभरमा ५६–१ को अवस्था पुगेको थियो । पहिलो पावर प्लेमा ६५–१ को अवस्थामा थियो ।
त्यसपछि केन विलियम्सन र कन्वेले ५३ बलमा ६९ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाए । विलियम्सन एडम जाम्पाको बलमा २३ रनमा एलबीडब्लू आउट भए । २३ बल खेलेका विलियम्सनले १ चौका र १ छक्का हाने । विलियम्सन स्वीप खेल्ने धुनमा मिस भएका थिए ।
ग्लेन फिलिप्स १० बल खेल्दै १२ रनमा आउट भए । जेम्श निसम १३ बलमा २ छक्कासहित २६ रनमा अविजित रहे । चौथो विकेटका लागि निसम र कन्वेले २४ बलमा ४८ रनको साझेदारी गरे ।
अष्ट्रेलियाका जोश हेजलवुडले प्याट कमिन्सले ४ ओभरमा ४६ रन खर्चे । जोश हेजलवुडले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले ४ ओभरमा ३६ रन खर्चिए । एडम जाम्पाले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए ।
February 16, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को खेल तालिका आइतवार सार्वजनिक भएको छ । साविक विजेता कोलकाता नाइट राइडर्सको घरेलु मैदानमा सिजनको पहिलो खेल हुँदैछ । मार्च २२ मा इडन गार्डेनमा कोलकाता र रोयल च्यालेन्जर्स बेंगलुरुका बीचमा पहिलो खेल हुनेछ । यसपटकको फाइनल साविक विजेता कोलकाताको घरेलु मैदानमा हुनेछ । फाइनल मे २५ मा […]
February 16, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गतको खेलमा ओमानले नामिबियालाई पराजित गरेको छ । ओमानले आइतवार नामिबियामाथि २ विकेटको जित हासिल गरेको छ । नामिबियाको विश्व कप लिग टुमा १६ खेलमा १०औं हार हो । लिग टुको सुरुवाती ५ मध्ये ४ खेल जितेको थियो । नामिबियाले पछिल्लो ५ खेलमा २ मा मात्र जित हासिल गरेको […]
February 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार आगामी १६ गतेसम्म मुख्य प्रशिक्षकका लागि आवेदन दिन सकिनेछ । क्यानले जनाए अनुसार मुख्य प्रशिक्षकका लागि कम्तिमा पनि ईसिबी वा सिए बाट लेभल ३ […]