default_image

2 years ago

October 22, 2022

अष्ट्रेलियामाथि न्युजिल्यान्डको सानदार जित

334 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले आइसिसी टि२० विश्वकपमा साविक विजेता तथा घरेलु टोली अष्ट्रेलियामाथि ८९ रनको सानदार जित हात पारेको छ । ब्याटिङ र बलिङ दुबैमा सानदार प्रदर्शनका साथ न्युजिल्यान्डले उत्कृष्ट विजयी सुरुवात गरेको हो ।

जितको लागि २ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७.१ ओभरमा १ सय ११ रनमा अल आउट भयो । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले २० बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २८ रनमा आउट भए ।

अष्ट्रेलियाको सुरुवात नै खराब रह्यो । दोस्रो ओभरको पहिलो बलमा टिम साउथीको बलमा डेविड वार्नरलाई ५ रनमा बोल्ड गरे । स्पिनर मिचेल सान्टनारको चौथो ओभरको अन्तिम बलमा कप्तान आरोन फिन्च १३ रनमा केन विलियम्सनबाट क्याच आउट भए ।

कभरमा सट खेल्न खोज्दा फिन्च एक्स्ट्रा कभरमा क्याच हुन पुगे । त्यसपछि साउथीको बलमा ठूलो सट खेलेपनि हाइ जादा डिप मिडविकेटमा जेम्श निसमले १६ रनमा उत्कृष्ट क्याच लिए । मार्शले १२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

सान्टनारको नवौं ओभरको दोस्रो बलमा मार्कस स्टोइनिसको क्याच ग्लेन फिलिप्सले सानदार रुपमा लिएपछि समाएपछि जितको सम्भावना टाढिएको थियो । स्टोइनिस १४ बलमा खेल्दै ७ रन बनाए ।

टिम डेविड ११ र म्याथ्यु वेड २ रनमा क्याच भएपछि अष्ट्रेलिया ८२–६ को अवस्थामा पुगेको थियो । ग्लेन म्याक्सवेल स्वीप खेल्ने धुनमा ईश सोधीको बलमा २८ रनमा बोल्ड भए । प्याट कमिन्स २१, मिचेल स्टार्क ४ र एडम जाम्पा शून्यमा आउट भए ।

न्युजिल्यान्डका टिम साउथीले २.१ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए । मिचेल सान्टनारले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । लोकी फर्गुसन र ईश सोधीले एक एक विकेट लिए ।

त्यसअघि सिड्नीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १ रन बनाएको थियो । न्युजिल्यान्डका ओपनर डेभन कन्वेले ५८ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ९२ रनमा अविजित रहे ।

न्युजिल्यान्डलाई ओपनर फिन एलेनले सानदार सुरुवात दिलाए । पावर प्लेको भरपूर्ण फाइदा उठाउँदै उनले १६ बलमा ५ चौका र ३ छक्कासहित ४२ रनको विष्फोटक इनिङ खेले । एलेन तीव्र गतिका बलर जोश हेजलवुडको बलमा अघि बढेर सट खेल्ने धुनमा योर्करमा बोल्ड हुन पुगे । त्यो समय ४.१ ओभरमा ५६–१ को अवस्था पुगेको थियो । पहिलो पावर प्लेमा ६५–१ को अवस्थामा थियो ।

त्यसपछि केन विलियम्सन र कन्वेले ५३ बलमा ६९ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाए । विलियम्सन एडम जाम्पाको बलमा २३ रनमा एलबीडब्लू आउट भए । २३ बल खेलेका विलियम्सनले १ चौका र १ छक्का हाने । विलियम्सन स्वीप खेल्ने धुनमा मिस भएका थिए ।

ग्लेन फिलिप्स १० बल खेल्दै १२ रनमा आउट भए । जेम्श निसम १३ बलमा २ छक्कासहित २६ रनमा अविजित रहे । चौथो विकेटका लागि निसम र कन्वेले २४ बलमा ४८ रनको साझेदारी गरे ।

अष्ट्रेलियाका जोश हेजलवुडले प्याट कमिन्सले ४ ओभरमा ४६ रन खर्चे । जोश हेजलवुडले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले ४ ओभरमा ३६ रन खर्चिए । एडम जाम्पाले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए ।

न्युजिल्यान्डले अव अक्टोबर २६ मा अफगानिस्तानसँग खेल्नेछ । अष्ट्रेलियाकाले २५ अक्टोबरमा श्रीलंकासँग खेल्नेछ । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् ।

सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्स र जिम्बावे छन् । हरेक समूहबाट शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

February 12, 2025

च्याम्पियन्स ट्रफी – स्मिथको कप्तानीमा अस्ट्रेलेलियन टोली घोषणा

एजेन्सी – स्टिभ स्मिथको कप्तानीमा आगामी साताबाट सुरु हुने च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाको टिम घोषणा भएको छ । अस्ट्रलियन क्रिकेट बोर्डले बुधवार स्मिथको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । प्राम्भिक टोलीमा रहेका ५ खेलाडी अन्तिम अस्ट्रेलियन टोलीमा रहेका छैनन् । प्रारम्भिक टोलीमा रहेका कप्तान प्याट कमिन्स, जोस हेजलवुड र अलराउन्डर मिचेल मार्श […]

February 12, 2025

बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने

एजेन्सी – भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् । बुमराहले जनवरीमा सिड्नी टेस्टका क्रममा ढाडमा लागेको चोटट पूर्णरुपमा निको नभएपछि च्याम्पियन्स ट्रफी गुमाउने भएका हुन् । बुमराहको पछिल्लो स्वास्थ्य परिक्षण गत साताको अन्तिममा बेंगलुरुमा भएको थियो । बुमराहले चोटका कारण आइसिसीको यो दोस्रो प्रतियोगिता गुमाउने भएका हुन् । बुमराहले ढाडको […]

February 11, 2025

वेष्टर्नलाई रुपन्देही सुपर लिगको उपाधि

सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले २३ औं संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिवार फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेष्टर्नले तेस्रोपटक सुपर लिगको उपाधि जितेको हो। टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४१ ओभरमा ४०.४ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय २५ रन […]

Success

Thank you for your time.