default_image

2 years ago

October 22, 2022

नाटकीय खेलसँगै सेमिफाइनल समिकरण पूरा

121 views

0 Bookmark

धादिङ (हाम्रो खेलकुद) – समूह चरणको अन्तिम नाटकीय खेलमा निलकण्ठ नगरपालिकाले गल्छी गाउँपालिकालाई तीन विकेटले हराएसँगै धादिङ क्रिकेट लिगको सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलको निर्णायक अन्तिम खेल रोचक र नाटकीय रह्यो ।

बेनीघाटमा रहेको चन्द्रोदय खेल मैदानमा टस जितेर टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गल्छीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९१ रन बनायो । सुरुवातमै लगातार विकेट गुमाएपछि त्यसपछि सम्हाल्नि कठिन परेको थियो । गल्छीका सुजन अधिकारीले ३० ,रामहरी सापकोटाले १५ र आमन श्रेष्ठले १८ रन जो । अन्य ब्यटरको प्रदर्शन भने सम्झन लायक रहेन ।

नीलकण्ठ नगरपालिकाका राजिब श्रेष्ठले ४ ओभरमा १ मेडन रख्दै मात्र ९ रन खर्चिएर ४ विकेट लिए । सन्तोष घिमिरे र अनिश अधिकारीले एक एक विकेट लिए ।

जितको लागि ९२ रनको मध्यम लक्ष्य पछ्याएको नीलकण्ठले १९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एक समय सहज जित नजिक पुगेको थियो । अन्तिम १८ बलमा मात्रै ६ रन बनाउनु पर्दा हातमा तीन विकेट थियो ।

तर बाँकी १२ बलमा मात्रै दुई रन जोडेपछि एक समय नाटकीय हार तर्फ अघि बढेको थियो । गल्छीका बलरले मिडियम पेशमा लगातार डट राखेका थिए ।

अन्तिम ६ बलमा जितको लागि ४ रन चाहिँएको थियो । सन्तोष घिमिरे क्रिजमा थिए । विक्रम खड्को सुरुवाती तीन बलमा रन बटुल्न नसकेपछि हारतर्फ अघि बढेको थियो । चौथो बलमा मिडअनमा फिल्डरले मिस गरेपछि चौका हुँदै खेल सकिएको थियो ।

नीलकण्ठको निशान गुरुङले १४, दीपक सुबेदीले १६, अनिल ढकाल ११, सन्तोष घिमिरे ९,सुजित शर्मा ५, रुपेश राज राउतले ४ रन बनाए । गल्छीका रामहरि सापकोटाले ४ ओभरमा १३ रन खर्चिएर तीन विकेट लिए । प्रविन खतिवडाले दुई विकेट लिए ।

त्यस्तै पहिलो खेलमा आज रोराङ गाउँपालिकाले सिद्धलेक गाउँपालिकालाई ४६ रनले हराउदै सहूह बी बाट सेमीफाइनलमा स्थान बनाएको थियो । बेनीघाट रोराङ गाउँपालिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनायो । बेनीघाटका बिजय सिलवालले १७ बलमा ३ चौका र २ छक्काको मद्दतले २६ रन बनाए । श्याम त्रिपाठीले २० र अन्जल सिलवालले २२ रन जोडे।

सिद्धलेकका आरम्भ तिमल्सिनाले ४ ओभरमा २० रन खर्चिएर दुई विकेट लिए । दिवश कडेल , मनिष अर्याल र प्रदिप गिरीले सम्मान एक एक विकेट लिए ।

जितको लागि १ सय ३१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको सिद्धलेकले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८४ रन बनायो । सिद्धलेकका सचिन श्रेष्ठले ३३ बलमा दुर्इ चौका र एक छक्कासहित २६ रन जोडे । उमेश सेधाईले २३ बलमा १७ रन बनाए।

बेनीघाटका रविन त्रिपाठीले ४ ओभरमा २२ रन खर्चिएर पाँच विकेट लिँदै जित पक्का गराए । अमृत लम्सालले दुई, अन्जल सिलवाल र आशिष आचार्यले एक एक विकेट लिए । समूह एबाट सेमिफाइनलमा त्रिपुरासुन्दरी गाउँपालिका र धुनीबेसी नगरपालिका प्रवेश गरेका छन् । समूह बीबाट नीलकण्ठ र बेनीघाट रोराङ गाउँपालिका प्रवेश गरेका छन्।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.