default_image

2 years ago

October 22, 2022

अफगानिस्तानमाथि इंग्ल्यान्डको संघर्षपूर्ण जित

98 views

0 Bookmark

एजेन्सी – युवा तीव्र गतिका बलर साम करनको कीर्तिमानी पाँच विकेटमा इंग्ल्यान्डले आइसिसी टि२० विश्वकपमा अफगानिस्तानलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय १३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १८.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा लियाम लिभिङस्टोन २१ बलमा ३ चौकासहित २९ रनमा अविजित रहे ।

कप्तान जस बटलर १८ बलमा ३ चौकासहित १८, एलेक्स हेल्स १९ र डेविड मलान १८ रन बनाए । मलानले ३० बल खेल्दा कुनैपनि चौका र छक्का हान्न सकेनन् ।

बेन स्टोक्स दुई र ह्यारी ब्रुक ७ रनमा आउट भए । मोईन अली १० बलमा ८ रनमा अविजित रहे । अफगानिस्तानका फजलहक फारुकी, मुजिब उर हमान, राशिद खान, फरिद मलिक र मोहम्मद नाबीले एक एक विकेट लिए ।

त्यसअघि पर्थ स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान १९.४ ओभरमा १ सय १२ रनमा अल आउट भयो । इंग्ल्यान्डका लागि इब्राहिम जद्रानले ३२ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा आउट भए । उस्मान घानीले ३० बलमा ३ चौकासहित ३० रन बनाए ।

ओपनर हज्रातुल्लाह जजाई १७ बलमा १ चौकासहित ७, रमानउल्लाह गुरबाज १० र नाजिबउल्लाह जद्रानले १३ रनमा आउट भए । मोहम्मद नाबी ३ र राशिद खान शून्यमा आउट भए । अफगानिस्तानको शीर्षक्रम मार्क वुड र बेन स्टोक्सले धरासयी बनाएका थिए । तल्लोक्रम साम करनले ध्वस्त पारे । साम करन इंग्ल्यान्डबाट टि२० आईमा पाँच विकेट लिने पहिलो बलर हुन् ।

यता अफगानिस्तानका कप्तान मोहम्मद नाबीले पछिल्ला १० खेलमा दोहोरो अंकमा रन बनाउन सकेका छैनन् । त्यस्तै सबै खेलाडी क्याच आउट भएको टेस्ट टोलीमा यो पहिलो पटक हो । यसअघि यसै वर्ष पनि अष्ट्रिया र जमर्नीसँग खेलमा पनि दशैं खेलाडी क्याच आउट भएका थिए ।

इंग्ल्यान्डका साम करनले ३.४ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । बेन स्टोक्सले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । मार्कवुडले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । क्रिस वोक्सले एक विकेट लिए ।

सुपर १२ को समूह ए मा न्युजिल्यान्ड शीर्ष स्थानमा छ । पहिलो खेलमा न्युजिल्यान्डले घरेलु टोली अष्ट्रेलियालाई ८९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । इंग्ल्यान्डले २६ अक्टोरमा आयरल्यान्डसँग खेल्नेछ । अफगानिस्तानले त्यसै दिन न्युजिल्यान्डसँग खेल्नेछ ।

सुपर १२ को समूह ए मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् । सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्स र जिम्बावे छन् । हरेक समूहबाट शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.